गुल्मी । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लु ४ त १२२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा वडा नम्बर ४ धारापानीका २१ वर्षीय हुमा भुसालको मृत्यु भएको हो ।

दुर्घटनामा एक जना घाइते भएका छन् । खेत जोत्न लागेको ट्याक्टर ओरालो बाटोको भित्तामा ठोक्किएको हो । भुसाललाई जिल्ला अस्पताल सन्धिखर्क पुर्‍याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।