बनासर हिन्दू विश्वविद्यालयको अस्पतालमा त्यस समय हंगामा भयो जब एक नवजात बच्चाको काटिएको सिर कुकुरले मुखमा लिएर घुमिरहेको देखियो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार बीएचयूको सर सुन्दर लाल अस्पताल स्थित बालबालिका वार्ड बाहिर केही मानिसले एक कालो रंगको कुकुर देखेका थिए जो मुखमा नवजात शिशुको शिर लिएर घुमिरहेको थियो ।
जब यो जानकारी सुरक्षाकर्मीलाई जानकारी गराइयो तब अस्पतालमा भर्ना भएका बालबालिकाका अभिभावक चिच्याउन थाले तब कुकुरले बच्चाको शिर छोडेर हिड्यो । काटिएको शिशुको टाउँको देखेर केही महिला वेहोस भएका थिए ।
उक्त काटिएको शिरलाई प्रहरीले पोस्टमार्टमको लागि पठाइएको छ । अहिलेसम्म कसैले बालबालिका हराएको रिपोर्ट नगरेको प्रहरीले बताएको छ ।



