एजेन्सी। इराककी इन्स्टागम मोडल तारा फरिसको राजधानी बगदादमा गोली हानेर हत्या गरियो । कार चलाइरहेकी तारालाई आक्रमणकारीले ३ गोली हानेका थिए । गोली लागेर घाइते भएकी तारा राजधानी बगदादबाट क्याम्प सारा जिल्लासम्म कार चलाएरै पुगिन् ।
अन्ततः उनको ज्यान गयो । इराकको गृह मन्त्रालयले यसको पुष्टि गरेको छ ।
२० वर्षकी तारा आफ्नो ट्याटु, स्टाइलिश कपडा र रंगीन कपालका कारण चर्चामा थिइन् । उनको यही विशेषता चरमपन्थीलाई मन परिरहेको थिएन । तारा आफ्ना फोटोहरु इन्स्टाग्राममा पोस्ट गरिरहन्थिन् जुन फोटोमा उनको जीवनशैली झल्किन्थ्यो ।
यही जीवनशैली कट्टरपन्थीहरुलाई मन परेको थिएन । अन्ततः उनका यिनै फोटोहरु उनको ज्यान लिने कारक बने । कट्टरपन्थीहरुले उनलाई बीच सडकमै गोली हानेर मारे । फोटोकै कारण ताराको हत्या भएपछि धेरैलाई उत्सुकता छ कि तारा आखिर इन्स्टाग्राममा कस्ता फोटो पोस्ट गर्थिन् ? आउनुहोस् हेरौं उनले इन्स्टाग्राममा पोस्ट गरेका फोटोहरु –






