भोजपुर। भोजपुर–लेगुवा सडक खण्डको भाडासँंगै ग्यासको मूल्य घटाइएको छ। चाडबाड नजिकिएसँगै जिल्लाका सरोकार भएका निकायको बैठकले मूल्य तथा भाडादर घटाएको हो। भोजपुरलाई तराईका जिल्लासंँग जोड्ने भोजपुर–लेगुवा सडकको स्तरउन्नती भएसंगै भाडा एक सय रुपैया घटाएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

छैसठ्ठी किलोमिटरको सो सडक खण्डमा यात्रुले रु पाँच सय तिर्दै आएका थिए। त्यस्तै यही असोज २४ गतेदेखि लागु हुने गरी ग्यासको मूल्यमा प्रतिसिलिण्डर रु ७५ घटाइएको छ।

व्यवसायीले ग्यास प्रतिसिलिन्डर रु १८ सय ७५ मा बेच्दै आएकामा रु एक हजार ८०० मा झारिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए।

त्यस्तै जिल्लामा बेलुका ८ बजेपछि मदिरा बिक्रीवितरणमा समेत रोक लगाइएको छ। ट्याक्सीको भाडाका विषयमा भने एक साताभित्र पुनः बैठक बसेर निष्कर्ष निकालिने जनाइएको छ।