भारतको पिलिभित घर भई विगत डेढ दशकदेखि ९नेपाल० कञ्चनपुरको भीमदत्त नगरपालिका–५ सुकासालमा बस्दै आएका ३० वर्षीय पन्नालाल मोर्याले जेठान हरिस दमाईकी श्रीमती द्रोपती दमाई भगाएर लगेका छन् । मार्याले उनलाई मायाप्रेममा परेर लगेको वा बेच्नका लागि लगेको बारे नखुलेको परिवारजनले बताएका छन् ।

 

बहिनी ज्वाँईले आफ्नै श्रीमती भगाएपछि जेठान हरिश दमाई हैरान भएका छन् । हरिस आमा रोहिता दमाई, दिदी ईश्वरी मोर्या ९दमाई० सहित उनीहरुलाई खोजबिन र कार्बाहीका लागि शुक्रबार उजुरी गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आएका थिए ।

 

पन्नालालकी श्रीमती ईश्वरीले बिहीबार दिउँसो १२ बजेतिर श्रीमान तरकारी ल्याउँछु भन्दै बजार हिँडेको बताइन् । उता भीमदत्त नगरपालिका १० तिलकेनीका हरिस दमाईकी श्रीमती द्रोपति दमाई पनि पेट दुखेको भन्दै जिमुवा अस्पताल आउँछु भन्दै घरदेखि हिँडेका थिईन् ।

 

 

‘दुवै जना एकै साथ एकै समयमा आ–आफ्नो घरबाट निस्किए, अबेरपखसम्म पनि दुवै घर आएनन्, ‘ईश्वरीले भने, ‘मैले मेरा श्रीमान घरमा नआएपछि उता माइतमा फोन गरेर द्रोपतिको बारेमा बुझेँ । उनी पनि घर आएकी थिईनन्, मलाई थाहा भयो, कि दुवै जना भागेर भारत गए ।’ दुवैले चलाउँदै आएको फोन पनि नलागेपछि भागेको थाहा भएको उनले बताइन् । पन्नालाल र ईशवरीको ११ वर्ष पहिले मागी विवाह भएको थियो । उनीहरुका दुई छोरामात्रै छन् । यता हरिस र द्रोपतिको पनि १२ वर्ष अघि मागी विवाह भएको थियो । उनीहरुको दुई छोरीमात्रै छन् । पन्नालाल र द्रोपतिबीच फोन सम्पर्क हुने गरेको पन्नालालकी श्रीमती ईश्वरीले बताइन् । ‘दुवै जनाबीच फोन हुन्थ्यो ।’

 

(हरिस–ईश्वरी)की आमान रोहिता दमाई यतिबेला ५० औँ बसन्तपार गरेकी छिन् । घटनाले उनलाई आकासबाट खसेको जस्तो भएको छ । ‘आफ्नो छोरी ज्वाईले बुहारी भगाएर लगेको छ ।’ उनले दुखेसो पोखिन्, ‘यो कलियुगमा यस्तो आचाकाली के भईरहेको छ ।’ उनी चिन्तत हुँदै भगवान पुकारदैछिन् । दुवैलाई कार्बाही गर्न उनले आग्रह गरिन् । कञ्चनपुर प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।

 

उनले भनिन्, ‘मै त सोच्थे भाउजुसंग फोन गर्दैमा के हुन्छ ।’ आज श्रीमानका कारण दाजु र बहिनीको जिन्दगी बर्बाद भएको उनले दुखेसो पोखिन् । हरिसले ज्वाईसंगै भागेर गएकी श्रीमतीलाई कुनैपनि हालतमा स्वीकार नगर्ने जिकिर गरेका छन् । ‘मेरी बहिनीका श्रीमानसंग गएकी श्रीमतीलाई राख्ने कुरै भएन’ उनले भने, ‘यस्तो धोकादिनसँग कसरी बस्न सकिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah