अमेरिकी नागरिक आफ्नो कर्तव्य पूरा गर्नका लागि विवाहको बीचबाटै उठेर हिंडेका छन् । उनी पेशाले एकजना अग्नि नियन्त्रक हुन् । आफ्नो विवाह भइरहेको समयमा उनले नजिकैको क्षेत्रमा आगो लागेको थाहा पाए । आगो गम्भीररुप लिएको र जनशक्तिले नभ्याउने ठानेपछि उनी कर्तब्य निर्वाहका लागि विवाह समारोह बीचबाटै उठेर हिंडेका थिए ।
जेरेमी बोरासा नामका ती व्यक्ति बिना हिचकिचाहट आफ्नो वैवाहिक बस्त्र खोलेर अग्नि नियन्त्रकको यूनिफर्ममा घटनास्थलमा पुगेका थिए । जेरेमी यस्ता भाग्यशाली व्यक्ति ठहरिए कि उनकी बेहुली क्रिस्टाले पनि उनलाई जाने अनुमति दिइन् ।
उनीहरूको विवाह पनि अग्नि नियन्त्रण स्टेशनमा नै भइरहेको थियो । उनीहरूले विवाहका लागि बुकि¨ गरेको ठाउँ रद्द भएको थियो । विवाहको केही प्रक्रिया बाँकी नै थियो, त्यहाँ केवल फोटोशेसन र बेहुलाको प्रतिक्षा भइरहेको थियो ।



