साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।

शुक्रबार बजारमा छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज घटेरबजारमा सुन प्रतितोला ५९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शुक्रबार तेजावी सुन प्रतितोला ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आइतबार बजारमा चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

शुक्रबार बजारमा चाँदी प्रतितोला मूल्य ७४५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७४५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ।