एजेन्सी- हामी शरीरमा केहि असहज भएपछि तुरुन्तै अस्पताल जाने गर्छौं। सानो घाउ हुँदा पनि अस्पताल गएर उपचार गराउने धेरैको बानि हुन्छ। तर चीनका एक व्यक्तिले गरेको लापरवाहीले स्थानीय अस्पतालका चिकित्सकलाईनै चकित बनाइदिएको छ।
चीनका ४३ वर्षीय हू चोंगयांग टाउको दुखेको भन्दा अस्पताल पुगेका थिए। लामो समय देखि टाउको दुख्ने गरेको उनले चिकित्सकहरुलाई बताए। लामो समय देखि भैरहेको दुखाइ अब सहन नसक्ने अवस्थामा पुगेपछि मात्रै उनी अस्पताल पुगेका थिए।
चिकित्सकहरुले टाउको दुख्नुको कारण पत्ता लगाउन सिटि स्क्यान गरेपछि विश्वासनै नलाग्ने तथ्य नहिरिएको थियो। पिडित पुरुषको टाउकोमा लगभग 4.8 मिलीमीटरको किला गाडिएको थियो।
यती लामो किला टाउकोमा हुँदा पनि उनलाई केहि थाहा भएन। आफ्नो टाउकोमा कसरी किला गाडियो भन्ने थाहा नभएको बताए पछि चिकित्सकहरु झनै चकित परेका थिए।
आफू फ्याक्ट्रीमा गार्डको काम गर्ने हुँदा आफ्नो टाउकोमा किला गाडिने सम्भावना कम भएको पिडित पुरुषको भनाइ रहेको छ। उनको टाउकोमा किला भएको बुझाउन चिकित्सकहरुलाई गार्हो परेको थियो।
अहिले पिडित पुरुषलाई अर्कै ठूलो अस्पतालमा पठाइएको छ। शल्यक्रिया गरी किला निकाल्ने योजनामा रहेका उनी अहिले दैनिक जस्तो पिडामा हुने गर्छन्।



