बिष्णुप्रसाद पोखरेल
दमक । झापाको दमकमा पुरानो भुकम्पको दरार फेला परेपछि यो कति बर्ष पुरानो हो भन्ने खोजी कार्य शुरु भएको छ । तीनजना भुगर्वबिद् सहितको टोलीले पुरानो भुकम्पको दरार फेला परेको पुष्टि गर्दै यस बिषयमा अध्ययन अनुसन्धान शुरु गर्न थालिएको बताएकाछन् ।
नेपालको त्रीभुवन बिश्व बिद्यालयका डा.दीपक चम्लगाइ, जापानको हिरासिमा बिश्वबिद्यालयका डा. याशुहिरो कुमाहारा र अमेरिकाको स्टिभ बेस्नसकी बिश्पबिद्यालयका डा. स्टिभ वेस्नसकी सहितको टोलीले झापाको दमक ३ स्थित हम्सेदुम्से सामुदायिक बनक्षेत्रभित्र भुकम्पको दरार फेला पारेको हो । डा. चम्लागाइका अनुसार अहिलेसम्मको प्रारम्भिक अध्ययन अनुसार यस क्षेत्रमा कम्तिमा पनि ८ म्याग्च्युटको भुकम्प गएको हुनसक्ने अनुमान लगाईएको छ ।
भुकम्पको दरार अध्ययन गर्दा १० मिटर जमिन सरेको पाईएको र त्यो प्रष्ट रुपमा भेटिएकाले यसको ल्याव परिक्षण शुरु भइसकेको छ । गतबर्ष गोरखा केन्द्रबिन्दु भएर गएको भुकम्पले साढे तीन मिटर जमिन सरेको पाईएको र यो दश मिटर सरेकाले त्यो भन्दा ठूलो भूकम्प कुनै समय यहाँ गएको हुनसक्ने चम्लागाइले बताउनु भयो । यो कतिबर्ष पुरानो भुकम्पको दरार हो र कत्रो भुकम्प गएको थियो भन्ने प्रमाणित हुन भने अझै एकबर्ष लाग्ने उहाँले जनाउनु भयो । उहाँले भन्नुभयो–‘पुरानो भुकम्पको दरार त फेला पर्यो तर यो कतिबर्ष पुरानो हो र कत्रो थियो भन्ने थाहा पाउन छ महिना देखि एकबर्ष कुर्नुपर्छ ।’
सन् १९८० र त्यसपछि आएका साना ठुला भुकम्पहरुको अध्ययन खोज र अनुसन्धान भएपनि त्यो भन्दा अगाडिको केहि तथ्यहरु पनि अहिलेसम्म नपाईएकाले त्यो खोज्न यसले सहयोग पुग्ने उहाँले जनाउनु भयो । डा. चम्लागाइका अनुसार दरार हेर्दा महाभुकम्प जस्तो देखिएको छ । यसको अध्ययनले कतिबर्ष पछि ठूलो भुकम्प तथा महाभूमकम्प आउन सक्छ भन्ने पत्ता लाग्ने भएकाले यो खोज महत्वपूर्ण हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो–‘यसले भुकम्पको बिषयमा ठूलो तथ्य बाहिर ल्याउनका लागि टेवा पुग्नेछ र यसका लागि नै हाम्रो अध्ययन हो ।’
भु उपग्रहको माध्यमबाट लिइएको तस्विरलाइ आधार बनाएर हेर्दा दमकको यस स्थान र मधुमल्लामा समेत यसै प्रकारको जमिन उठेको भेटिएपछि आएर हेर्दा भुकम्पको पुरानो दरार पाईएको उहाँले जनाउनु भयो । दमकपछि अहिले मोरङको मधुमल्लामा पनि उत्खनन् गरेर हेर्न शुरु गरेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो–‘बस्तिहरु नभएको ठाँउमा दुबैतिर समतल तर बीचमा किन माटो उठेको छ भन्ने कसैले पनि अहिलेसम्म नसोचेकाले यो भुकम्पको दरार भन्ने कसैको पनि परिकल्पना बाहिर रहेको थियो तर हामीलाई चासो लागेर हेर्दा जे सोचेका थियौ त्यहि रहेछ ।’
आफ्नो गृहनगर तथा निर्वाचन क्षेत्रमा भुकम्पको पुरानो दरार फेला परेको थाहा पाएपछि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उक्त दरारको निरिक्षण गरिसक्नु भएको छ । उहाँले खनेर दरार पत्ता लगाइएको जमिनको संरक्षण गर्न र यसलाई भुकम्पको बिषयमा अध्ययन गर्ने स्थलको रुपमा बिकास गर्नका लागि आवश्यक रहेकाले यसमा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाएको हम्सेदुम्से सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष हिमालयप्रसाद दाहालले बताउनु भयो ।
आफ्नो बन क्षेत्रभित्र रहेकाले यसको संरक्षण गर्न र खनिएर निकालिएको दरारलाइ जस्ताको त्यस्तै राख्नका लागि तत्काल घेराबार गर्ने योजना समेत रहेको दाहालले बताउनु भएको छ । बिशेषज्ञ टोलीले यहाँ अध्ययन शुरु गर्दा कतिपयले नबुझेर समस्यामा समेत पारेको भएपनि आफूहरुले यसलाई सहजिकरण गरेको र भुकम्पको बिषयमा अध्ययन गर्ने एउटा स्थल बन्न सक्ने उहाँहरुले सल्लाह दिएको पनि दाहालले जनाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah