काठमाडौं: विश्वका शक्तिशालीहरुले कुन कार चढ्छन र कस्तो हुन्छ भन्ने चासो सवैमा हुन्छ । जुन स्वभाविक हो । हामीले विश्वका शक्तिशाली ४ जना राष्ट्रप्रमुखहरुले प्रयोग गर्ने कारको बारेमा चर्चा गरेका छौ ।
विश्वकै शक्तिशाली सी जिङपिङ चढ्छन् ८ लाख डलरको होङसी कार
विश्वकै शक्तिशाली व्यक्ति तथा चिनियाँ राष्ट्रपति सी जिङपिङ ले कस्तो गाडी चढ्छन भन्ने सवैमा चासो हुनु स्वाभाविक नै हो ।
विश्वकै प्रतिष्ठीत म्यागजिन फोब्र्सले विश्वका शक्तिशाली व्याक्तिको सूची सार्वजनिक गरेको छ । जसमा यसपटक चिनियाँ राष्ट्रपति सि पहिलो नम्बरमा दरिएका छन् । यस अघि रसिया राष्ट्रपति भ्लादीमीर पुटिन पहिलो नम्बरमा रहेका थिए ।
विश्वका अन्य देशका प्रधानमन्त्री तथा राष्ट्रपतिहरुले अन्य देशमाउ त्पादन भएका गाडी बढी मात्रामा प्रयोग गर्ने गरेका छन् । तर चिनियाँ राष्ट्रपति सि जिङ पिङले भने चीनमानै उत्पादन भएको ‘होङसी लिमोजिन एचक्युइ’ ब्रान्डको गाडी प्रयोग गर्ने गरेका छन ।
चिनियाँ राष्ट्रपतिले चढ्ने गाडीलाई कुनै पनि बम तथा गोली आक्रमणबाट सुरक्षित राख्दछ । विश्वमा राखिएका सवैजसो सुरक्षा चीनमा सवै भन्दा महंगो गाडी रहेको छ । उक्त गाडीको मूल्य ८ लाख १ हजार ६ सय २४ अमेरिकन डलर पर्दछ । १८ मिटर उचाई रहेको उक्त गाडी ६.५ फिट चौडाइ रहेको छ । भने पाँचवटा सिट क्षमता गाडीमा रहेको छ । भने ३ हजार १ सय ५२ केजी सम्म सजिलै बोक्न सक्ने क्षमता गाडीमा रहेको छ ।
उनले उक्त ब्रान्डको एचक्युइ मोडलको प्रयोग गर्ने गरेका छन् । राष्ट्रपतिले चढ्ने नयाँ भर्सन फेरी चीनको उद्योग तथा सुचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको छ । चिनियाँ संचार माध्यमले जनाए अनुसार नयाँ आउन लागेका गाडीमा रोयल्स रोयसको ह्विल रहेको छ । उक्त गाडी गाडी विश्वकै महंगो गाडी हो । गाडीको ह्विलवेस ३९०० एमएम रहेको छ । लम्बाई ६३९५ एमएम लम्बाइ तथा २००४ एम एम चौडाई र १७२० एम एम उचाई गाडीको रहेको छ ।
हङकङ, रेड चीनको प्रतीकहुँदा, क्रिसलर, अडी, लिंकनर टोयोटा सहित विदेशी ब्रान्डको मिश्रणमा उक्तलक्जरी गाडी तयार गरिएको हो । गाडीमा गोली तथा बम आक्रमणमा समेत गाडी सुरक्षित रहन्छ ।
गाडीमा भि१२ ६.० लिटर इन्जिनभने ५६०० आरएमपी रहेको छ । गाडी उत्पादक कम्पनीले २ वर्ष लगाएर उत्पादन गरेको हो । हाल उक्त गाडी १७ थानमात्रै रहेका छन् । चीनमा सन् २०१० देखि होङसी लिमोजिन ब्रान्डको गाडी उत्पादन थालेको थियो ।
रूसी राष्ट्रपति पुटिन १९२ मिलियन डलरको गाडीमा यसरी हुकिन्छन्
विश्वकै शक्तिशाली नेता मध्ये दोस्रो नम्बरमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन रहेका छन् । यसअघि सन् २०१६ र सन् २०१७ मा लगातार पहिलो नम्बरमा रहेका पुटिन यसपटक भने चिनियाँ राष्ट्रपति सी जिङपिङ ले पछाडी पारेका छन् ।
अमेरिकाको प्रख्यता म्यागनिनले फोव्र्सले केही साता अगाडी मात्रै सन् २०१७ का शक्तिशाली विश्वका नेताको सूची सार्वजजनिक गरेको थियो । जसमा पुटिन दोस्रो नम्बरमा रहेका छन् । पुटिन गत चुनावबाट पुनः चौथो कार्यकालको लागि राष्ट्रपतिमा चुनिएका छन् ।
विश्वका शक्तिशाली नेता पुटिनले कस्तो कार चढ्छन भन्ने सवैमा चासो हुनु स्वाभाविक हो । शक्तिशाली व्यक्तिका गाडी पनि शक्तिशालीरुपमा गाडी उत्पादकहरुले बनाउने गरेका हुन्छन् । पुटिनले जर्मनी ब्रान्ड लेमोजिनको रसियामा उत्पादन हुने गाडी प्रयोग गर्दछन् ।
अहिले केही साता अगाडी मात्रै पुटिनलाई नयाँ गाडी दिइएको छ । गाडी मूल्य १ सय ९२ मिलियन अमेरिकन डलर पर्दछ । सवै प्रकारका सुविधा राखिएको न्यू बुलेटप्रुफ फ्लिट सेडान सेगमेन्टको गाडी हो ।
गाडी कम्पनीले हाल उक्त मोडलको जम्मा ७० वटा गाडी मात्रै उत्पादन गरेको छ । बम तथा गोली आक्रमणबाट सजिलै बचाउने उक्त गाडी ६.६ लिटरको भि १२ इन्जिन रहेको छ । भने ८६० हर्सपावर गाडीमा रहेको छ ।
रसियाको सरकारी टेलिभिजन रोसिया २४ का अनुसार गाडी रसियामा उत्पादन भएकै गाडी सोभियतसंघ हुदाँ देखिनै राष्ट्रपतिहरुले प्रयोग गर्दै आएका छन् । विगतमा सोभियतसंघका राष्ट्रपति मिखाइलगोरवेचले पनि रसियामै उत्पादन भएको जेएर–४१०४७ सिरिजको गाडी प्रयोग गर्ने गरेका थिए । उक्त गाडी पनि जर्मनकै ब्रान्ड रहेको थियो ।
‘राष्ट्रपतिको नयाँ कार उद्घाटन कार्यक्रम धेरै रोमाञ्चित बनाएको थियो,’ रसियाका व्यापार मन्त्री डेनिस मटोरुवले भने, ‘हाम्रो लागि यो यो गाडीहरूको समयमै डेलिभरी सुनिश्चित गर्नु एक धेरै महत्वपूर्ण क्षण हो,’ ।
विश्वकै महंगो गाडी उत्पादन गर्ने कम्पनी रोल्स रोय र लिमोजिनका गाडीबीच धेरै समानताहरु समेत रहेका छन् ।
गाडी उत्पादक कम्पनीले अर्को वर्ष २ सय अन्य मोडेलहरू उत्पादन गर्ने लक्ष्य समेत राखेको छ । कम्पनीले ९५ हजार डलर देखि १ लाख ११ हजार डलरसम्म मुल्य राखेको बिक्री गर्ने समेत घोषणाा गरेको छ ।
अमेरिकन राष्ट्रपति ट्रम्म रासायनिक र बम आक्रमणबाट बचाउने कारमा हिड्छन
अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०१८ का शक्तिशाली नेता मध्ये तेस्रो नम्बरमा रहेका छन् । उनी भन्दा अगाडी चीनका राष्ट्रपति सि जिङ पिङ पहिलो नम्बरमा रहेका छन् । भने दोस्रो नम्बरमा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन रहेका छन् ।
ट्रम्प राष्ट्रपति भन्दा अगाडीनै एक धनाढ्य व्यापरिकको सूचीमा समेत रहेका छन् । विश्वका जुनसुकै नेताहरुलाई पनि सवैभन्दा चासो सुरक्षामा हुने गर्दछ । अहिले ट्रम्प प्रशासनलाई पनि उनको सुरक्षको विशेष चासो र चिन्ता छ ।
त्यसैले सवैभन्दा बढी प्रयोग गरिने सवारीलाई गाडी उत्पादक कम्पनीहरुले जतिसक्दो सुरक्षित र आरमदायी बनाउन वर्षौ मेहेनत गरेका छन् । ट्रम्पको गाडी पनि जर्मनी गाडी उत्पादक लिमोजिन ब्रान्डले ट्रम्पका लागि विशेष सुरक्षा जडित गाडी उत्पादन गरेर दिएको छ ।
जुन गाडीमा ट्रम्प अधिकांस समय हुइकिन्छन् । विश्वकै बाघ मानिने अमेरिकी राष्ट्र प्रमुखले कस्तो गाडी चढ्छन् भन्ने विषयमा चासो राख्ने गर्दछन् जुन स्वभाविक पनि हुने गर्दछ ।
भित्र ट्रम्पको कार लिमोजिन को ‘लिमोजिन न्यू काडिल्याक’ सेडान सेगमेन्टमा रहेको छ । जसको ढोकानै आठ इन्च मोटो रहेका छन् । उक्त गाडी बम तथा रासायनिक आक्रमणबाट सजिलै बच्ने गर्दछ । भने रासायनिक आक्रमण भएमा अटोमेटिक गाडीभित्रै अक्सिजन उत्पादन समेत हुने प्रविधि जडान गरिएको छ ।
ट्रम्पसंग सोही मोडलकै दुई थान एसयुभि सेगमेन्टका गाडी समेत रहेका छन् । उनको सावारी हुदाँ तीन गाडी मध्ये कुनमा हिड्छन भन्ने कोहीले पनि पत्ता लगाउन सक्दैनन् । गाडीको मुल्य १५ मिलियन डलर पर्दछ ।
गाडीका विशेषता
रियर कम्पारमेन्ट
ट्रम्प चढ्ने गाडीका ४ वटा सिट मात्रै रहेका छन् । जसको पछाडीपट्टी ट्रम्प र उनको श्रीमति बस्ने गर्दछन् । सिसाको पार्टेसन गरिएको हुन्छ । भने ट्रम्पले मात्रै स्विच अन गरेर सिटलाई तल र माथी गर्न सक्दछन भने अक्सिनको बटम समेत ट्रम्पको नजिकै स्विच हुने गर्दछ ।
यस्तो छ भारतीय प्रधानमन्त्री मोदीले चढ्ने बुलेट ‘बुलेट प्रुफ’ गाडी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेषगरी दुईवटा ब्रान्डका गाडी प्रयोग गर्दछन् । प्रधानमन्त्री भएलगत्यै मोदीलाई तयार गरिएको बिएमडव्लु–७ सिरिज ७६० आईको गाडी बढी मात्रमा प्रयोग गर्दछन् ।
जर्मनी गाडी उत्पादक कम्पनी बिएमडव्लुले सेक्युरिटी भर्सन नाम दिएको उक्त गाडीमा सुरक्षाका लागि सवै प्रकारका सेवा सुविधा सहित मोदीका लागि गाडी तयार गरेको थियो ।
विश्वका ९ औ शक्तिशाली नेताको रुपमा दर्ज भएका मोदीको सुरक्षाका लागि भारतीय सुरक्षा निकायले विशेष चासो दिदैं आएको छ । नेपालमा अघिल्लो पटक औपचारिक भ्रमणमा आउँदा पनि मोदीले सोही गाडी नेपाल ल्याएका थिए ।
गुजरातको मुख्यमन्त्री हुदाँ भने मोदीले महिन्द्राको स्करपियो गाडी चढ्ने गरेका थिए । भारतीय प्रधानमन्त्री भएपछि भने बिएमडब्लुको उक्त सेक्युरिटी भर्सनका दुई गाडी बढी मात्रमा प्रयोग गर्ने गरेका छन् ।उक्त गाडी प्रधानमन्त्री को सुरक्षा विशेष सुरक्षा समूह (एसपीजी) को हातमा रहेको छ ।
किन बीएमडब्ल्यू ७– ७६० आई सुरक्षा संस्करणनै ?
प्रधानमन्त्री मोदीको आधिकारिक ट्राभस्पोर्टरको रूपमा छनोट गरिएको छ । उक्त गाडीको विश्वमा एकदमै कम रहेको छ । जसका कारण अपराधीहरुले योजना बनाउन कठिन रहेको छ । भने अर्कोे त्यसको उचाई तथा अन्य हिसावले पनि सुरक्षित बनाएको छ । कम उचाइ पनि अर्थ जमिन केन्द्रको नजिक छ। यो सजिलो घुमाउरो, द्रुत गतिमातत्कालै मोड्न सकिन्छ ।
शक्तिशाली इन्जिन
उक्त सुरक्षा संस्करण ५–९–७२ सीसी भि १२ ईन्जिनियरिङ द्वारा प्रदान गरिएको ५४४ बीएचपी ५२५० आरएमपी र ७५० एनएम टोक ्र१५००–५००० आरएमपीएल इन्जिन रहेको छ । भने ६ स्पिड गेयर गाडीमा राखिएको छ ।
स्वचालित ट्राफिक टेलिभिजन रहेको उक्त गाडीमा ६.१ सेकेन्डमा प्रतिघन्टा १ सय किलोमिटर दौडन सुरु गर्न सक्दछ भने बढीमा प्रतिघन्टा २ सय ५० किलोमिटर दौडन सक्ने क्षमता गाडीम रहेको छ ।
गाडीले प्रतिलिटर पेट्रोलमा ४.५ किलोमिटर देखि ७.४६ किलोमिटर सम्म माइलेज दिने गर्दछ ।
सुरक्षा कस्तो छ ?
एके४७, एमए४ र इन्सासको आक्रमणबाट सजिलै बचाउँदछ
रकेट लन्चरबाट सुरक्षा
इन्धन ट्यांकीको विस्फोटबाट सुरक्षा
ग्यास बम तथा अन्यबाट सुरक्षा
आइडीबाट सुरक्षा
विश्वसनीय ब्रान्ड
जबकि बीएमडब्ल्यू ब्रान्ड आफैलाई १०० वर्ष पुरानो छ र एक विश्वसनीय नाम प्रदान गर्दछ । यो ब्रान्ड र भारतीय सरकार बीचको लामो सम्बन्धको कारण हो कि बीएमडब्ल्यू एक राज्य ट्राभस्पटरको रूपमा प्रयोग गरिएको छ । बीएमडब्ल्यू ८ सीरीज पहिला भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीले समेत प्रयोग गरेका थिए ।
मोदीको नयाँ गाडी रेन्जरोवर
मोदीले केही समय अगाडी मात्रै बुलेट प्रुफ रेन्ज रोवर स्पोर्ट गाडी लिएका छन् । उक्त गाडी भारतको ७१ औ स्वतन्त्रता दिवसको अवसरमा बेलायती गाडी उत्पादक कम्पनी रेन्जरोवरले उक्त गाडी उपहार स्वरुप दिएको हो ।



