काठमाडौं । कण्डमको प्रयोगबारे तपाइलाई कतिको थाहा छ ? सुरक्षीत यौन सम्बन्धका लागि यो आवश्यक छ भन्ने तपाइको जवाफ होला ।
हो, परिवार नियोजनको अस्थाइ साधन मध्ये एक हो कण्डम । यसले विभिन्न यौनजन्य रोगहरु लाग्नबाट बचाउँछ । तर यतिमात्रै छैन कण्डमको काम ।
निः शुल्क नेपालका स्वास्थ्य चौकीहरुमा पाइने कण्डमका केही उपयोगिताबारे यस्तो छ जानकारीः
ट्वाइलेटमा खसेको सामान निकाल्न
ट्वाइलेटमा कहिलेकाहीँ हामीले बोकेका सामानहरु खस्छ । त्यस्तो अवस्थामा हामीसँग तत्कालै पञ्जा पनि हुँदैन ।
ट्वाइलेटबाट सामान निकाल्न कण्डमलाई हातमा लगाएर खसेको सामान निकाल्न सकिन्छ । यसको प्रयोगले तपाईको हात पनि फोहोर हुन्न र सामान पनि निस्कन्छ ।
भारी वर्षाबाट घडी वा फोन जोगाउन
जब भारी वर्षा हुन्छ, हामीमा एउटा डर हुन्छ, मोबाइल र घडी भिज्नबाट कसरी जोगाउने ? ब्याग होस् या गोजी यी सामानलाई पानीले भिजाइछाड्छ । त्यस्तो अवस्थामा मोबाइल वा घडीलाई कण्डमभित्र हाल्नुहोस् । भिज्दैन ।
आगो बढाउन
कण्डमले छिटो आगो टिप्छ । यदि तपाई जंगलमा फस्नुभयो र तपाईसँग सलाई वा लाइटर केही छ भने कण्डमको प्रयोग गर्दै आगोलाई चाँडो बिस्तार गर्न सक्नुहुन्छ । जाडो महिनामा आगो सल्काउन गाह्रो हुन्छ, यस्तो बेला तपाईले कण्डम प्रयोग गर्दा राम्रो ।
पानी भण्डारणका लागि
यदि तपाई पानी भण्डारण गर्न चाहनुहुन्छ भने प्रयोग नगरिएको कण्डमको सहयोग लिन सक्नुहुन्छ । कण्डममा तपाईले दुईदेखि पाँच लिटरसम्म पानी भण्डार गर्न सक्नुहुन्छ । तपाई यात्राका लागि टाढा जाँदा अन्य भाँडा अभाव भएको अवस्थामा यसको प्रयोग गर्दै फाइदा लिन सक्नुहुन्छ ।
खुट्टा जोगाउन
वर्षायाममा खोलामा बाढी आउँछ । खोला तर्न मुश्किल हुन्छ । खुट्टा पानीमा नडुबाई हुँदैन । यदि तपाईसँग कण्डम छ र खुट्टा भिजाउन मन छैन ढुक्क हुनुस् । खुट्टामा कण्डम लगाउने र जुत्ता लगाउने गर्दा जुत्ता भिजे पनि तपाईको खुट्टामा एक थोपा पनि पानी पर्दैन ।
खाना बनाउन
कण्डमको प्रयोगले खाना बनाउन सकिन्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर, खाना बनाउन यसको प्रयोग राम्रैसँग हुन्छ ।
यसका लागि कण्डममा मासु हालेर पानीमा उमाल्नुहोस् । तर, पानीलाई एकैछिन मात्र उमाल्नुपर्ने हुन्छ । नत्र कण्डम पनि फुट्ने सम्भावना हुन्छ ।
कोल्ड प्याक बनाउन
कण्डमबाट कोल्ड प्याक बनाउन निकै सजिलो छ । यसका लागि तपाईले कण्डममा पानी भरेर डि फ्रिजमा राख्नुपर्ने हुन्छ । केही घण्टापछि कोल्ड प्याक बन्छ । जसलाई तपाईले दुखेको ठाउँमा लगाउन सक्नुहुनेछ । एजेन्सी



