चितवन । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा बुधबार दिउँसो ट्याङकरले म्यानलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

पोखराबाट धादिङतर्फ जाँदै गरेको ग २ च १७५१ नम्बरको मारुती भ्यानलाई त्यही दिशाबाट गइरहेकाे बा १ झ ५६५ नम्बरको ट्याङ्करले ठक्कर दिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा धादिङ कल्लेरीका २५ वर्षीय चन्द्रबहादुर नेपालीे र नाम नखुलेको एक बालकले जीवन गुमाएका छन् । घाइतेको भरतपुर अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।