धनु भुसाल

नवलपुर । मध्यविन्दु नगरपालिका नम्बर ११ स्थित अरुणखोलामा अाज बिहान भएको बस दुर्घटनाका ६ मृतक मध्ये ५ जनाकाे सनाखत भएको छ । दुर्घटनाका ५० घाइतेकाे नाम र अवस्था पहिचान भएकाे छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा मोरङ सुन्दरहरैचा १२ का सुहन कार्की, भोजपुर हतुवागढी ६ का २७ वर्षीय रामजित राई, सुनसरी घर भई नवलपरासी जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत ३२ वर्षिय अब्दुल अन्सारी, भारत बिहारका बिधानन्द यादवको टनासथलमै मृत्यु भएको छ । गुल्मी हस्तचौर २ की तिलक विष्टकाे भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।

मृतक १ पुरुष सनाखत हुन बाकी रहेको प्रहरीले जनाएकाे छ । घाइते मध्ये ५० जनाको भरतपुर र ९ जनाको स्थानीय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

घाइतेको नाम र अवस्था

१, मोरंङ उर्लाबारी ३ का ३५ वर्षीया पवित्रा भण्डारी, टाउकोमा चोट, अवस्था गम्भीर २ सोलुखुम्बुका ३० वर्षीय गणेश बस्नेत, टाउकोमा चोट, अवस्था गम्भीर ३ बारा ३० वर्षीया रिता बासखोर, टाउको दाया र हातमा चोट, अवस्था गम्भीर ४ उदयपुर बेलटारका २२ वर्षीया सुनिता बिष्ट टोउको दाया हातमा चोट, अवस्था गम्भीर

५, उदयपुर बेलटारका २६ वर्षीय दिपेश बिष्ट ढाडमा चोट, अवस्था मध्यम ६, रुपन्देहीका २० वर्षीय तिलकुमार चौहान, मुखमा चोट, अवस्था मध्यम ७, सुनसरीका ३० वर्षीय भुपाल बिष्ट टाउकोमा चोट, अवस्था मध्यम ८ सुनसरी इटहरीका ३० वर्षीया बबिता महत टाउकोमा चोट, अवस्था मध्यम ९, भारत अछमका ३५ वर्षीया तारा देवी टाउकोमा चोट, अवस्था मध्यम १०, सप्तरीका २६ वर्षीय सागर झा बाया हात मा चोट, अवस्था मध्यम

११, सिराहाका २२ वर्षीय धर्मेन्द्र यादव, ढाडमा चोट ,अवस्था मध्यम १२, भारत बिहारका १६ वर्षीय कर्णकुमार टाउकोमा चोट, अवस्था मध्यम १३, भारत बिहारका १७ वर्षीय सम्सेर आलम टाउकोमा चोट, अवस्था मध्यम १४, भारत बिहारका १४ वर्षीय श्रवण कोहार टाउकोमा चोट, अवस्था मध्यम १५, भारत बिहारका १८ वर्षीय कौशल आलम दाया हातमा चोट, अवस्था मध्यम १६, भारत बिहारका १७ वर्षीय दिल साह आलम टाउकोमा चोट, अवस्था मध्यम १७, भारत बिहारका ४ वर्षीय कृष्णकुमार साह टाउकोमा चोट, अवस्था मध्यम १८, रुपन्देही बुटवलका ३५ वर्षीय सरोज ढकाल टाउकोमा चोट, अवस्था मध्यम १९, नसरी इटहरीका ४० वर्षीय अवदेस कर्ण, ढाड र दाया हातमा चोट, अवस्था मध्यम २०, रुपन्देही सैनामैनाका २८ वर्षीया गिता ढकाल टाउको र छातीमा चोट, अवस्था गम्भीर

२१, रुपन्देही सैनामैनाका १० वर्षीय सौरभ ढकाल, टाउकोमा चोट, अवस्था मध्यम २२, रुपन्देही सैनामैनाका ४० वर्षीय कमल ढकाल टाउकोमा चोट, अवस्था मध्यम २३, झापाका ६ वर्षीया खुसी दुलाल, टाउकोमा चोट, अवस्था मध्यम २४, झापाका २५ वर्षीया ज्योती दुलाल। टाउकोमा चोट, अवस्था मध्यम २५, धरानकी ३० वर्षीया दुर्गा भुजेल, मुखमा चोट, अवस्था मध्यम २६, स्याङ्जाका २५ वर्षीय कुसुम सारु, टाउकोमा चोट, अवस्था मध्यम २७, स्याङ्जाका ३० वर्षीय अमित सारु, टाउकोमा चोट, अवस्था मध्यम २८, सुनसरीका २५ वर्षीया पुनम वन, मुखमा चोट अवस्था मध्यम २९ सुनसरीका ९ वर्षीय सक्षम वन शरीरमा चोट , अवस्था सामान्य ३०, सुनसरीका ३५ वर्षीय बसन्त वन अनुहारमा चोट, अवस्था सामान्य ३२, धरानका ३० वर्षीय सन्जय यादव, टाउकोमा चोट, अवस्था मध्यम ३३, भारत बिहारका १६ वर्षीय पूर्ण साह, टाउकोमा चोट, अवस्था मध्यम ३४, सप्तरीका २५ वर्र्षीय सौरभ झा, टाउकोमा चोट, अवस्था मध्यम

३५, मोरङ बिराटनगरका २७ वर्षीय दिपेन दर्शन कान नभएको टाउकोमा चोट, अवस्था गम्भीर

मनकामना पोलिक्लिनिकमा उपचार भइरहेकाहरु १, भारत बगुवान ६ का ३० वर्षीय असरफर्निया टाउकोमा चोट, अवस्था मध्यम त्यहाँबाट मेडिकल कलेजमा रिफर २, भारत बगुवान ६ का १२ वर्षीय रामबिलास सदा कानमा चोट, अवस्था मध्यम , यहाँबाट मेडिकल कलेजमा रिफर ३, भारत बगुवान ९ का १६ वर्षीय पुरन साया ढाडमा चोट, अवस्था मध्यम , मेडिकल कलेजमा रिफर

केही घाइते उपचारपछि डिस्चार्ज भएका छन् ।

जनता समाचार बाट