एजेन्सी। कम्बोडियाकी एक हिरोइनलाई धेरै सेक्सी भएको भन्दै सरकारले फिल्म खेल्न प्रतिबन्ध लगाएपछि यो विषय अहिले चर्चामा छ । उनलाई देशको संस्कृति मन्त्रालयले नै धेरै सेक्सी भएको भन्दै एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको हो । २४ वर्षीया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् । नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो ।

अन्य नायिकाले झै आफूले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र ३० लाख फलोअर छन् । ‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन्’ उनले भनिन ‘फेसबुकमा तस्विर पोस्ट गर्दै म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिन प्रयास गर्छु ।’ संस्कृति मन्त्रालयले यसरी बोलाउने आफू पहिलो नायिका भएको र उनीहरुले छोरीलाईझै सम्झाएको उनले बताएकी छिन् ।



