विराटनगर : मोरङको उर्लाबारी-इटहरा सडक खण्डमा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका- ८ स्थित सडकमा बिहान १० बजे दुर्घटना हुँदा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ३५ प ९७७३ नंको मोटरसाइकलका चालक स्थानीय २७ वर्षीय शैलेश गौतमको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए।

तिमल्सिनाका अनुसार तीव्र गतिका कारण मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो। दुर्घटनामा परेर गम्भीर घाइते गौतमको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रनि तिमल्सिनाका अनुसार साँघुरो सडकका कारण उर्लाबारी-इटहरा सडक खण्डमा पछिल्लो समय सवारी दुर्घटना बढेको छ । साँघुरो सडकमा चालकले होसियारी नअपनाउँदा, लापरवाही गर्दा, ट्राफिक नियमको पालना नगर्दा र तिव्र गतिमा सवारी साधन चलाउँदा उक्त सडक खण्डमा दुर्घटना बढेर गएको उनको भनाइ छ। अन्नपूर्ण पोस्ट बाट साभार