एजेन्सी। अमेरिकाको एरिजोनाकी एक किशोरीले केही समय पहिले आफ्नो पिताको एउटा फोटो शेयर गरिन् । फोटोमा उनका पिता एक कोठाबाहिर एउटा कुर्सीमा बसिरहेका थिए । यो फोटोलाई देखेर मानिसहरुले यसको वास्तविकता बुझ्न सकेनन् । तर जब उनहिरुले यसपछाडिको दर्दनाक कथा थाहा पाए त्यसपछि उनीहरुले युवतीको पिताको प्रशंशा गर्न थाले । यो फोटोबाट ती युवतीले क्यान्सरबाट पीडित आफ्नी आमाप्रति पिताको प्रेम देखाउन खोजेकी थिइन् ।

१८ वर्षकी म्याकेना न्यूमेनले पिताको फोटो शेयर गर्दै लेखेकी थिइन् ‘क्यान्सर रेडिएशनका कारण मेरी आमा मर्सी एक कोठामा बस्न बाध्य हुनुहुन्छ । उहाँ कसैसँग भेट्न सक्नुहुन्न । त्यसैले मेरा पिता त्यो कोठाको ढोकामा एउटा कुर्सी राखेर बस्नुहुन्छ र त्यहीँबाट आमालाई कुरा गरेर साथ दिनुहुन्छ । यो सब देखेर मलाई रुन मन लाग्छ ।’यो फोटो शेयर गर्दै म्याकेनाले यो देखाउन खोजिरहेकी थिइन् कि उनका पिता उनकी आमालाई कति माया गर्छन् ।

म्याकेनाकी आमा मर्सीलाई अक्टोबर २०१६ मा थाइराइड क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि डाक्टरले उनको रेडिएशन उपचार सुरु गरे । रेडिएशन उपचारको क्रममा बिरामीलाई अरु व्यक्तिभन्दा छुट्टै एक कोठामा राखिन्छ ताकि रेडिएशनले अरु कसैलाई कुनै नोक्सान नगरोस् । तर म्याकेनाका पितालाई आफ्नी पत्नीसँग दूरी मञ्जुर थिएन त्यसैले उनी कोठाको ढोकामै कुर्सी राखेर दिनभर बस्थे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah