बनेपा : काभ्रेमा शनिबार दिउँसो भएका छुट्टा–छुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने अन्य चार घाइते छन्।

मण्डन देउपुर नगरपालिकास्थित ढकाल थोकमा बा ३ च २८७ नम्बरको जिप पल्टिदा तीन जनाको मृत्यु हुनुका साथै पाँचखाल नगरपालिकाको तिनपीपलेमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिप दुर्घटनामा मण्डन देउपुर ४ का पत्रकार जीवन पराजुली र नेपाल ट्रेड युनियम प्रदेश नम्बर ३ का अध्यक्ष नमोबुद्ध नगरपालिका १० का विनोद कार्की र डीआईजी सुशील भण्डारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसपी रविराज खड्काले जानकारी दिए।

उनका अनुसार जिपमा सवार अन्य तीनजना घाइते छन्। घाइतेको धुलिखेल अस्पतालमा उपचार भइराखेको छ। जिप थुक्कीडाँडाबाट धुलिखेल फर्कने क्रममा दिउँसो दुई बजे सडकबाट पाँच सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय काभ्रेका सई राजेश दाहालले जानकारी दिए ।

त्यसैगरी आइतबारै पाचँखाल तिनपीपलेमा धुखिलेलबाट पाँचखालतर्फ जाँदै गरेको बा ३ क ६४२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही स्थानकी ५६ वर्षीय रञ्जना गौतमको मृत्यु भएको हो।

जिल्ला ट्राफिक कार्यालय काभ्रेका सई राजेश दाहालका अनुसार मोटरसाइकल चालक सामान्य छन्। अन्नपूर्ण पोस्ट बाट