भोजपुर। साथीहरुसँग कलेज गएकी छात्रा बाटोमा हिँड्दाहिँड्दै अचानक बाटोमै ढलिन् । उनी ढलेको देखेपछि बाटोमा हिँडिरहेका मानिसहरुले उनका साथीको सहयोगमा उनलाई तत्काल अस्पताल लिएर गए । बिहारको भोजपुरकी ती छात्रालाई अस्पताल पुर्याउनासाथ उनलाई इमरजेन्सीमा लगियो । जब डाक्टरले ती छात्राको ब्याग जाँच गरे त्यहाँबाट एउटा औषधीको बोतल निस्कियो । तर, डाक्टरले त्यो बोतल पनि खोलेर हेर्दा डाक्टरकै होस उड्यो ।
बोतलभित्र कुनै औषधी होइन रक्सी थियो । त्यही रक्सी पिएर नशा चढेपछि ती छात्रा सडकमा ढलेकी थिइन् । बिहारको भोजपुर जिल्लाको टाउन थाला इलाकामा हिँड्दै गर्दा बीएकी छात्रा अचानक सडकमा ढलेकी थिइन् । अस्पतालमा उनका साथीहरुले पनि भने कि बाटोमा हिँड्दाहिँड्दै उनी ब्यागबाट बोतल निकालेर केही पिइरहेकी थिइन् । साथीहरुले सोध्दा उनले त्यो आयुर्वेदिक औषधी भएको बताएकी थिइन् ।
अस्पतालमा डाक्टरले इन्जेक्सन लगाउँदा ती छात्राले हंगामा गरिन् । उनले डाक्टरहरुलाई नै गालीसमेत गरिन् । उनले अस्पतालमा हंगामा गरेको खबर उनको घरमा पुगेपछि उनको परिवारले थाहा पाएपछि उनीहरु अस्पताल पुगे । नशा उत्रिएपछि परिवारले छात्रालाई आफूसँगै लिएर गएका छन् ।



