काठमाडौं – कपिलवस्तुको गोरुसिंगे जंगलमा बस र टिप्पर एकआपसमा ठोक्किँदा बालकको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।
दुर्घटनामा १ बालकको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएपनि नाम र ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) अच्यूत पुडाशैनीले बताए ।
दाङबाट बुटवल आउँदै गरेको ना६ख २५०० नम्बरको बस र विपरीत दिशामा गुड्दै गरेको टिप्पर दिउँसो एकआपसमा ठोक्किएका थिए ।
घाइते २६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । टिप्परले ठक्कर दिएपछि बसको अगाडिको भागमा पूरै क्षति भएको छ ।










