साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।

सोमबार बजारमा छापावाल सुन प्रतितोला ६० हजार३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोमबार तेजावी सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, साताको लगातार स्थिर रहेको चाँदीको मूल्य मंगलबार भने पाँच रुपैयाँले घटेको छ ।

सोमबार बजारमा चाँदी प्रतितोला मूल्य ७४५ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी प्रतितोला ७४० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।