बिहार, संसारमा के के हुन्छ भन्न सकिन्न । अचम्मको छ यो संसार । केही कुरा त पत्यारै नलाग्ने । यस्तै एउटा घटना अहिले छिमेकी भारतको बिहार राज्यमा देखिएको छ ।
बिहारको जहानाबाद निवासी सुनिल (नाम परिवर्तन)को परिवारमा १४ वर्ष अघि बच्चा जन्मियो । बच्चाको जननांग छोरीको जस्तो देखिएपछि उनीहरुले त्यही किसिमले लालनपालन गरे । उसको स्तन र पिसाबको बाटो छोरी मान्छेकै जस्तो थियो । परिवारका मानिसले उसको नाम पनि सुमन (परिवर्तित) राखे ।
तर १४ वर्षपछि उसको बानी ब्यहोरा भने केटाहरु जस्तो देखियो । यही शंका हटाउन परिवारले बच्चालाई डाक्टरकोमा लग्दा बल्ल छोरी सम्झेको बच्चा त छोरा भएको थाहा भयो ।
परिवारका मानिसले आइजीआइएमएस अस्पतालमा देखाएपछि चिकित्सकहरुले गहनरुपमा उसको जाँच गरे ।
डाक्टर विनित कुमारका अनुसार, बच्चाको शरीरको जेनेटिक र हर्मोनल जाँच गर्दा ऊ पुरुष भएको पत्ता लागेको हो । जनानांग विकृत भएको कारण ऊ छोरी जस्तो देखिएको उनले बताए । कुनै बच्चामा यसप्रकारको विकृत अंग देखिए लुकाउनुको साटो जाँच गराउनुपर्ने उनको भनाई छ ।



