साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले बढेको छ ।

बिहीबार बजारमा छापावाल सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहीबार तेजावी सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, शुक्रबार बजारमा चाँदीको मूल्य दश रुपैयाँले बढेको छ ।

बिहीबार बजारमा चाँदी प्रतितोला मूल्य ७३५ रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी प्रतितोला ७४५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।