बागलुङको ताराखोला गाउँपालिका–५ नाङ्गीबाट गल्कोट हटिया तर्फ जाँदै गरेको ग २ च ६१३४ नम्बरको जीप शुक्रबार दुर्घटना हुँदा पाँच यात्रु घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय कोपिला घर्ती, धन कुमारी रोका, लिलामती बि.क, यमुना रोका, धनमाया रहेको ईलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरीक्षक सानुकाजी विष्टले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घाइतेको उपचारका लागि गलकोटको हटिया स्थित इमरजेन्सी पोलिक्लिनिकमा लगिएको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घुम्ती मोड्ने क्रममा गाडी दुर्घटना मा परेको प्रहरीले अनुमान गरेको छ । जीपका चालक पृथ रोकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।