१६ माघ । मोफसलकै सर्वाधिक पुरस्कार राशिको रमपम झापा गोल्डकप–२०७३ फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे । डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा आयोजना गरिएको प्रतियोगिता माघ २४ गतेसम्म चल्नेछ । नकआउट चरणमा खेलाइएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रमपम झापा ११ ले भारतको शेर फुटवल क्लबलाई ५–० को फराकिलो गोलअन्तरले पाखा लगायो । हजारौँ घरेलु दर्शकको समर्थनमा मैदान उत्रिएको झापा ११ ले सुरुवातदेखि नै आक्रामक खेल प्रदर्शन ग¥यो । खेल सुरु भएको चौथो मिनेटमै झापाका लागि ११ सञ्जोग राईले गोलको खाता खोले । ३७ औँ मिनेटमा बुद्ध चेम्जोङले शानदार गोल गर्दै अग्रता २–० पु¥याए । त्यसको तीन मिनेट लगत्तै अर्थात खेलको ४०औँ मिनेटमा पुजन उपरकोटीले गोल थप्दै पहिलो हाफमा झापा ११ लाई ३–० को अग्रता दिलाए । भारतको शेर फुटवल क्लब तुलनात्मक रुपमा झापा ११ भन्दा कमजोर देखियो । उसले रक्षात्मक खेलसम्म प्रदर्शन गर्न सकेन । दोस्रो हाफमा झापा झनै आक्रमक बन्यो ।

दोस्रो हाफको ३९ हौँ मिनेटमा झापाका कप्तान कर्ण लिम्बूले गल गरे । ४१ औँ मिनेटमा विदेशी खेलाडी पिटर सेगुनले गोल गरी खेललाई ५–० को अग्रतामा पु¥याए । खेलमा सेर ए का आदर्श तामाङलाई फल गरेपछि झापाका दिलेन लोक्तामले पहेँलो कार्ड पाए । खेलको म्यान अफ द म्याच सञ्जोग राई भए । उनलाई म्याक्स हाउजिङ प्रालिका तर्फबाट नगद ७ हजार रुपैयाँ प्रदान गरियो । त्यसैगरी बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन एण्ड भीसा सर्भिसले लक्की ड्रमार्फत दर्शकमध्येका एक आशिष तामाङलाई एक्सपर्ट म्यान अफ द डे घोषणा गर्दै नगद ५ हजार प्रदान ग¥यो । उद्घाटन गर्दै ओलीले मित्रतालाई ध्यानमा राखेर खेल्न दुबै टोलीलाई आग्रह गरे । खेलको माध्यमबाट दुई देशको मित्रता सुदृढ हुने ओलीको भनाइ थियो । उनले भने, ‘तपाईंहरु खेलमा लगातार ध्यान दिनुस् । हामी खेलकुदको विकासमा लागिरहनेछौँ ।’ प्रतियोगितामा एक विदेशीसहित १० टिमको सहभागिता छ ।

आयोजक रमपम झापा ११, मनाङ मस्र्याङ्दी क्लब, विभागीय टोलीहरु नेपाल पुलिस क्लब, एपीएफ र त्रिभुवन आर्मी, न्युरोड टिम, हिमालयन शेर्पा क्लब, रुपन्देही ११ फुटबल क्लब, सुदुरपश्चिम फुटवल क्लब र भारतको शेर फुटबल क्लबले प्रतियोगितामा सहभागिता जनाएका हुन् । आइतबारको खेल एनआरटी क्लब काठमाडौँ र नेपाल पुलिस क्लबबीच हुनेछ । प्रतियोगिताको बिजेताले नगद सात लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले नगद तीन लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् । दोस्रो पुुरस्कार बिर्तामोड निवासी राजन श्रेष्ठले दिने भएका छन् । हाल उनी कतारमा छन् । झापा गोल्डकपको पहिलो संस्करण गत वर्ष चैतमा सम्पन्न भएको थियो । झापालाई फुटबल सहरको रुपमा विकसित गर्नका लागि दोस्रो संस्करणको झापा गोल्डकप आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले बताए । झापालाई ‘फुटबल हब’ बनाउने दीगो लक्ष्यका साथ झापा गोल्डकपलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको गिरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah