एजेन्सी । ‘अरे शर्माजीको बच्चालाई हेर्नुहोस, क्लासमा टप गरेको छ, को सट्टा अब अरे ९६ वर्षकी बज्यैलाई हेर ज्वाईलाई पछाडेर टप गरिन् ।’
आफ्ना बच्चालाई धेरै नम्बर ल्याउन प्रेरणा दिँदै भनिने माथिका बाक्य अब केरलकी एक बज्यैका कारण परिवर्तन हुनसक्छ ।
९६ वर्षीयाँ बज्यै कार्तियानी अम्माले अक्षरलक्ष्यम साक्षरता कार्यक्रमअुसार भएको टेस्टमा ९८ प्रतिशत नम्बर प्राप्त गरेकी छन् । यो कार्यक्रम केरल स्टेट लिटरेसी मिशनअुसार शुरु गरिएको छ ।
यो टेस्टमा कार्तियानीको पढ्ने, लेख्ने र गणितको क्षमता परीक्षण गरिएको थियो । यो कार्यक्रमभन्द्या पहिला पनि राम्रो साक्षरता दर भएको केरलमा १०० प्रतिशत साक्षरता दर बनाउन कार्यक्रम शुरु गरिएको छ ।
कार्तियानीले भनिन्, ‘मेरो पढाई अब रोकिँदैन । छिटै म चौथो क्लासको पढाई पूरा गर्छु । फेरि आठौं र दशौं क्लास । जब मेरो उमेर १०० वर्षको हुनेछ म १० औ क्लासको पढाई पनि पूरा गर्नेछु । मलाई थप खुसी हुनेछ । म चाहन्छु, यसपछि म सरकारी जागिर गरुँ ।’
कार्तियानीका ज्वाईले पनि सासुसँगै तेस्रो कक्षाको परीक्षा दिएका थिए । तर, उनी आफ्नी सासुभन्दा १० नम्बर कम ल्याउन पुगे ।
कार्तियाीले भनिन्, ‘मैले र ज्वाईले सँगै परीक्षा दिएका थियौं, तर उनले एग्जाममा जबाब भुले, आधा अधुरा जवाफ लेखे । तर, मलाई सबै थाहा थियो । मैले सबै प्रश्नको सही जवाफ दिए ।’
कार्तियानीका ज्वाईको यो परीक्षामा ८८ नम्बर आएको थियो ।
यो परीक्षा पास गरेपछि कार्तियानीलाई मुख्यमन्त्री पिनराई विजयनले उनलाई प्रमाणपत्र दिए ।
यो परीक्षामा हजारौं मानिसले भाग लिएका थिए । कार्तियानी यी सब परीक्षा दिने ध्ये सबैभन्दा वृद्धा विद्यार्थी हुन् ।
कार्तियानीले परिवारको आर्थिक अवस्था राम्रो नभएकाले आफूले पढ्न नपाएको बताइन् ।
उनी केरलको अलपुजा क्षेत्रको चेप्पादू गाउँकी हुन् । कार्तियानीका छोरा पनि छन् र छोराका छोरा पनि छन् ।
पढाईको साथै उनी कम्प्यूटर पनि सिक्न चाहन्छिन् ।



