काठमाडौं । कुनै विशेष खुशीमा या खाना खाइसकेपछि विशेष किसिमका मिठाइहरु खाने चलन छ। ती मिठाइहरु मध्ये दुधबाट बनेको रसबरी धेरैजसोको रोजाइमा पर्ने गर्छ। बजारमा रसबरी किन्दा, बासी र अस्वस्थ पनि हुने हुँदा, घरमै बनाएर ताजा, मीठो र स्वस्थ रसबरी खान सकिन्छ।

रसवरी यसरी तयार हुन्छ :

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भाँडामा दुध तताउने।   तताएको दुधमा कागतीको रस राखेर दुध फटाउने। फाटेको दुधलाई जालीमा कपडा राखेर छान्ने अब त्यसलाई चिसो पानीले पखाल्ने । पखालेपछी त्यही कपडामा पोको पारेर हल्का निचोर्ने।  निचारिसकेपछी केही छिन झुन्डाउने।  केही छिनपछि निकाल्ने र मुछ्ने। मुछेर पीठोको डल्लो जस्तै बनाउने।  चिरा नपर्ने गरि साना-साना डल्ला बनाउने।  एउटा भाँडामा चिनी पानी पकाउने।  त्यो चिनी पानीमा अब ती साना-साना डल्ला राख्ने। चिनी पानीबाट निकालिसकेपछि ५र६ घण्टा जति फ्रिजमा राख्ने।

विस्तृत जानकारीको लागि भिडियो हेर्नुहोस् :

https://youtu.be/rD2YSRRQgi8