काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको निकै मार्मिक गीत ‘सपनीमा देखें आमा’ सामाजिक सञ्जाल युट्युवमा लोकप्रिय बन्दै गएको छ ।

गीतमा परदेशमा रोजगारीमा रहेको छोराले नेपालमा रहेकी बिरामी आमालाई सम्झेर भावविभोर भएको कथा समेटिएको छ । त्यसै गरी दशैं तिहार जस्तो ठूलो चाडपर्वमा घर जान नपाउदाको पिडा, भाइटीकामा दिदीको सम्झनाले भक्कानिएको मुटु र साहुको ऋणले पिरोलिएको आमाको मर्म बोलेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कुमार केसीको रचना, रमेश कायस्थको संगीत रहेको यस गीतको म्यूजिक भिडियोमा बिभिन्न चलचित्र तथा म्युजिक भिडियोमा सफल अभिनय गरिसकेका कलाकारहरु जीवन भट्टराई र रश्मी भट्ट लगायतका कलाकारहरुले अभिनय गरेका छन् । भिडियोको निर्देशन निर्माता अर्जुन अधिकारीले गरेका छन् भने यसको निर्माण कुमार केसीले गरका हुन् ।

https://youtu.be/9QmbsL6_GNo