कोरियाको इन्चियन सहरमा आयोजना भएको ‘पाँचौं लक्जरी ब्रान्ड मोडल अवार्ड तथा ग्लोबल फेसन विक २०१८’ मा नेपाली मोडलहरूले अवार्ड प्राप्त गरेका छन्।

नेपालको प्रतिनिधित्व गर्दै अवार्डमा सहभागी मोडलहरू विक्रमआदित्य महासेठ, अदिति अधिकारी, रुविष्का श्रेष्ठ र आदर्श ज्ञवालीले विभिन्न अवार्ड नेपाल जितेका छन्। कार्यक्रममा विक्रम र रुविष्का श्रेष्ठले ‘ब्रान्ड अनररी एम्बेसडर अफ एलबीएमए’ अवार्ड जित्दा अदितिले ‘फेसनिन्स्टा एन्ड ब्रान्ड अनररी एम्बेसडर फर जे जुन कस्मेटिक प्रोडक्ट’ र आदर्शले ‘बेस्ट पर्सनालिटी’ अवार्ड हात पारे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोरियोको व्यापारिक जिल्लाको ओर्ड फाइनल ग्रान्ड हायात इन्चियोनमा २८ अक्टोबरदेखि १ नोभेम्बरसम्म आयोजित कार्यक्रममा यी सहभागीले नेपालका विभिन्न कलासंस्कृति विश्वका सहभागी माझ प्रस्तुत गरेका थिए।

अवार्डमा सहभागीमध्ये अदिति नेक्स्ट मोडल्स नेपाल आयोजक रहेको ‘मोडल हन्ट २०१८’ की विजेता हुन्। रुविष्का श्रेष्ठ र आदर्श ज्ञवाली सोही कार्यक्रमको फस्र्ट रनर अप र थर्ड रनरअप विजेता हुन्। अर्का सहभागी विक्रमआदित्य मोडल ‘हन्ट नेपाल २०१७’ का विजेता हुन्। सबै सहभागी नेक्स्ट मोडल्स नेपालको समन्वय तथा व्यवस्थापनमा कार्यक्रममा सहभागी भएका हुन्। सबै सहभागी मंगलबार काठमाडौं फर्किने नेक्स्ट मोडल्सका अध्यक्ष रवि धमलाले जानकारी दिए।