आफ्नी प्रेमिकासँग भेट्न गएको एक युवकमाथि तब विपत आइप¥यो जब उनलाई प्रेमिकालाई भेट्न आएकोमै केरकार शुरु भयो । उनी प्रेमीको घर नजिकै पुग्दा केही मानिसले नियन्त्रणमा लिएर यस्तो गरेका थिए ।

युवकलाई नियन्त्रणमा लिनेहरुले यथार्थ थाहा पाएपछि आक्रोशमा आए र एक्लो रहेका युवकको जबरजस्ती कपाल खौरिदिए । कपाल खौरिएर मात्र उनीहरुको रिस शान्त भएन । त्यसपछि युवकलाई जुत्ताको माला लगाएर पिट्दै बजार घुमाइयो ।

यो घटना भारतको बुलंदशहर नगर कोतवालीको हो । प्रेमिकालाई भेट्न गएका युवकको यस्तो हविगत गर्ने अरु कोही नभएर प्रेमिको परिवारका सदस्यनै थिए । आक्रोशित परिवारका सदस्यले युवकलाई यो हदसम्मको अपमान र सजय दिएका हुन् ।

यो क्रममा त्यहाँ निकै भीड जम्मा भइसकेको थियो । भीडबाट कसैले प्रहरीलाई सम्पर्क गरेपछि केही समयमै घटनास्थलमा प्रहरी आइपुग्यो । प्रहरीले युवकलाई आफूसँगै लिएर गएपछि मात्र युवकमाथिको कहर अन्त्य भएको थियो । हाल दुवै पक्षबाट प्रहरीमा मुद्धा दर्ता भएको छ । भीडबाट कसैले खिचेको यससम्बन्धी भिडियो अहिले भारतमा समाजिक संजालमा भाइरल भएको छ ।

-एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah