एजेन्सी,२५ कात्तिक । विश्वको एक सुन्दरी महिला आफ्नै सुन्दरताको कारण वेश्या बनेकी छन् । सुन्दा अविश्वासनिय यो घटना वैशाली राज्यको राजकीय शहरको हो । विश्वकै सुन्दरी भनिएकी अम्रपाली इसापूर्व ६०० मा वैशाली राजकीय बगैचामा जन्मिएकी हुन् । विश्वमा उनी जतिको सुन्दर युवती अहिले सम्म कोही नभएको बताइएको छ । उनलाई जन्मने बित्तिकै आमाबाबूले आँपको रुखमुनी छोडेर गएको कारण उनको नाम अम्रपाली राखिएको बताइएको छ ।
आँपको रुखमा बेवारिसे अवस्थामा भेटिएको अम्रापालीलाई अर्का एक दम्पतिले फेला पारेर उनको पालन पोषण गरेका थिए ।किशोरावस्थामा पुग्दा उनी निकै सुन्दर भएकी थिइन् जति उनी बढ्दै गइन् उनको सुन्दरता नै उनको लागि दुश्मन बन्न पुग्यो । उनलाई देख्ने हरेक पुरुषहरु उनीसँग विवाह गर्न चाहन्थिइन् । उनलाई चाहने हरेक पुरुषहरु बिच युद्ध नै चल्न थाल्यो । आम्रपालीको जताततैै चर्चा सुरु भयो । जब उनको सुन्दरताको चिन्ताले उनका बाबू आमालाई झन धेरै चिन्ता थपियो ।
उनका बाबू आमाले छोरीको विवाह समेत सोच्न सकेनन् कीनकी उनको विवाह गर्नु पनि ज्यान नै दुश्मन बन्ने देखियो ।
कुनै प्रकारबाट पनि समस्या समाधान नभएपछि उनलाई एक सभाको आयोेजना गरेर नै नगरबधू बेश्या घोषण गरियो । किनकी उनलाई बचाउने अरु कुनै उपाय नभएपछि यस्तो गरिएको हो । एक सुन्दर युवती आफ्नो सहमतीमा बेश्य बनिन् र कयौँ मानिसहरुसँग रोमान्स गरिन् । उमेर ढल्केपछि बेश्याबृत्तिबाट दिक्क भएकी उनले अन्तत : सबैथोक त्यागेर बौद्ध भिक्षुणी बनिन् । त्यसपछि विश्वमा नै अहिले सम्म सुन्दरताको कारण भिक्षुणी बन्नु परेको ग्रन्थहरुमा उनको नाम पढ्न पाइन्छ ।



