भारतको बैंगलोरमा एक सवारीमा लाज मर्दो हर्कत भएको छ । भारतको बैंगलोरको मेट्रोमा एक युवकले सार्वजनिक सवारीमा लाज मर्दो हर्कत गरेपछी यात्रीले कुटपिट समेत गरेका छन। मेट्रोमा यात्रा गरिरहेका एक युवकले उभिने क्रममा आफ्नो गुप्तांग बाहिर निकालेर हर्कत देखाउदै एक युवतीसँग टाँसिएर अश्लील तरिकाले प्रस्तुत भएपछि युवतिले पछाडि छाम्दा तर्सिएर एक्कासी चिच्चाएपछि घटना बाहिर आएको हो ।
एक्कासी युवती चिच्चाए पछि यात्रीले सोध्दा युवकले गरेको अश्लील हर्बत सबैकुरा भनेपछि त्यहाँ भएका यात्रुले ती युवकलाई निर्घात कुटपिट यात्रीले युवकलाई प्रहरीको जिम्मा लगाइदिएका छन् ।एक निजी कम्पनीमा काम गर्ने उक्त युबक २७ वर्षको भएको बताइएको छ ।प्रहरीले जनाए अनुसार २७ वर्षको ती युवकमाथि अश्लील कृत्य, यौन प्रताडना र बलात्कारको प्रयासको मुद्दा चलाइएको छ ।



