केशव रेग्मी

मिकिनी, टेक्सास । नेपाली समाज नर्थ डाल्यस प्लनोको आयोजना नेपाली बालबालिकाको लागि नेपाली भाषाको कक्षा संचालन गरिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थानीय राम मन्दिरको मन्दिर परिसरमा नेपाली पाठशालाको स्थापना गरी कक्षा संचालन गरिएको नेपाली समाज नर्थ डाल्यसका सभापति बादल भुजेलले जानकारी दिए।

नेपाली पाठशालाको एक समारोहका बीच एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष एवं समाजसेवी सुनिल शाह र वरिष्ठ हाँस्यकलाकार नारायण त्रिपाठीले संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गरे।

राम मन्दिरका पुजारी पुष्प कोईरालाबाट स्तुति मन्त्र उच्चारणबाट सुरू भएको पाठशाला उद्घाटन समारोहमा समाज सेवी प्रकाश गौतम र थलराज पन्तले नेपाली पाठशालाको महत्वको बारेमा बोल्दै शुभकामना मन्तव्य दिएका थिए। पाठशालाका निर्देशक डा. मुक्ति आर्यालले नेपाली भाषा र संस्कृतिको आवश्यकताको बारेमा जानकारी दिए।

पाठशालामा प्लेनो मिकिनी फिस्को र एलेन वरपरबाट नेपाली बालबालिकाको सहभागिता रहेको थियो। पाठशाला सञ्चालन महिनाको प्रत्येक दोस्रो र अन्तिम आइतबार सञ्चालन गरिने भएको छ। कार्यक्रम संस्थाका सभापति बादल भुजेलको अध्यक्षतामा भएको थियो।

नेपाली समाज नर्थ डाल्यस २०११ मा स्थापना भएको भए पनि यो संस्था हालै विधिवत रूप दर्ता भएको संस्थाका सभापति बादल भुजेलले जानकारी दिए।