आयरल्यान्डको आकाशमा अनौठो चम्किलो वस्तु देखिएको छ । आयरल्यान्डको आकाशमा अचानक चम्किलो प्रकाश र उडान तश्तरी युएफओ (अनआइडेन्टिफाइ फ्लाइङ अब्जेक्ट) देखिएको भन्दै अनुसन्धान शुरु भएको छ। स्थानीय सयमअनुसार शुक्रबार बिहान ६ बजेर ४७ मिनेटमा ब्रिटिश एयरवेजकी पाइलटले सबैभन्दा पहिले पश्चिम दक्षिण तटीय क्षेत्रमा चम्किलो प्रकाश र उडान तश्तरी देखिएको जानकारी शानन एयर ट्राफिक कन्ट्रोललाई गराएकी थिइन्।

त्यसपछित्यस क्षेत्रमा उड्दै गरेका अन्य केही विमानले पनि त्यस विषयमा ट्राफिक कन्ट्रोललाई जानकारी गराएका बिबिसिले जनाएको छ। ब्रिटिश एयरवेजकी पाइलटले ट्राफिक कन्ट्रोलसँग सम्पर्क गरेर त्यस क्षेत्रमा ‘केही वस्तु तीव्र गतिमा उडिरहेको देखिएको’ जानकारी ट्राफिक कन्ट्रोललाई दिएकी थिइन। उनले ट्राफिक कन्ट्रोलसँग ‘त्यस क्षेत्रमा सैनिक अभ्यास भैरहेको हो’ भनेर सोधेकी थिइन्। ट्राफिक कन्ट्रोलले भने सैनिक अभ्यास नभएको जानकारी गराएको थियो।

बोइङ विमानकी ती पाइलट क्यानडाको मोन्ट्रियलबाट हिथ्रोतर्फ जाँदै थिइन्। उनले ‘धेरै चम्किलो प्रकाशसहितका वस्तुहरू उत्तरी दिशामा बिलाउनु अघि विमानको बायाँबाट तीव्र गतिमा माथि जाँदै गरेको’ बताइन्। विमानमा ठोक्किन नआए पनि सो वस्तु के हो भन्दै उनले आश्चर्य व्यक्त गरेकी थिइन्।

भर्जिन विमानका पाइलटले पनि त्यस्तै रिपोर्ट गरेका थिए। उनले उल्का वा अन्य वस्तु पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको हुनसक्ने जानकारी गराएका थिए। उनले ‘धेरै वटा वस्तुहरु एकै दिशामा जाँदै गरेको र ती सबै निकै चम्किलो भएको’ बताएका थिए। ती पाइलटले आफ्नो दायाँतिर दुई वटा चम्किलो वस्तु माथितिर जाँदै गरेको देखेको रिपोर्ट गरेका थिए। तेस्रो पाइलटले भने त्यो चम्किलो वस्तुको गति ‘म्याच २ जस्तो निकै तीव्र भएको’ जनाएका थिए। म्याच २ को गति ध्वनीको गतिभन्दा दुई गुणा बढी हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah