काठमाडौं – सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा एक सय रुपैयाँ घटेर सुन तोलाको ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । डलरभन्दा भारतीय रुपैयाँ मजबुत हुँदा सुनको भाउ केही घटेको महासंघले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै चाँदी तोलामा ५ रुपैयाँ घटेर ७ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।