काठमाडौं, २७ कात्तिक । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई चाँडै पक्राउ गरेर सार्वजनिक गर्ने घोषणा गरेका छन् । प्रहरीले देशमा शान्ति, सुरक्षा, अमनचयन कायम गरिरहेको उनको दाबी छ ।

सोमबार राति प्राईम टाईम्स् टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता एसएसपी सुवेदीले यस्तो बताएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://youtu.be/8p4kagzt8Fc

उनले भने,‘प्रहरीले ठूला ठूला अपराधीहरुलाई पक्राउ गरेर कानुनी दायरामा ल्याईसकेको छ । निर्मला पन्तको हत्यारा पत्ता लगाउन लामो समय लागेकोमा हामीलाई पनि दुःख लागेको छ । तर, हामी दोषीलाई कानुनी कठघरामा उभ्याएरै छोड्छौं ।’ रिपोटर्स नेपाल बाट