एजेन्सी। एयर इण्डियाको लण्डन मुम्बइ उडानका क्रममा एक महिला यात्रुले चालकदलका सदस्यसँग दुव्र्यवहार गरेकी छिन् । महिलाको दुव्र्यवहारको भिडियो सार्वजनिक भएको छ । भिडियोमा देखिएकी महिला आयरल्याण्डकी भएको बताइएको छ ।
ती महिलाले चालकदलका सदस्यसँग आफूलाई रक्सी नदिइएपछि दुव्र्यवहार गरेकी हुन् । महिलाले चालकदलका सदस्यलाई अपशब्द सहित गाली गरेकी छिन् । घटना १० नोभेम्बरको भएको बताइएको छ । महिला अन्तर्राष्ट्रिय उडानमा वाइन नदिने नियमसँग रुष्ट छिन् । महिलाले पैसा पूरा लिएको तर सुविधा नदिएको आरोप लगाएकी छिन् । हेर्नुहोस् भिडियो –
https://youtu.be/21YAeYYk-j0



