काठमाडौ । चीसो मौसम शूरु भएको छ । मोटरसाईकलमा चढ्दा चीसोले हैरान हुनु भएको छ । दुई पांग्रेको भर छैन हैन भन्ने आवाजको गुञ्जायस र बारम्बार अर्को जन्म पाएजस्तोगरी दुर्घटनाको संघारमा पुगेर आत्तिनुभएकोपनि होला । अब मोटरसाईकल छोड्नुहोस् । ११ हजारमा नै अब कार किन्न सक्नुहुनेछ । अधिकांश नेपालीको हैसियतले धान्ने चमत्कारीक योजना एनआईसी एसिया बैंकले ल्याएको छ । चामत्कारिक सवारी कर्जा योजना सार्वजनिक गर्दै सवारीको मूल्य अनुसार मासिक ११ हजार रुपैयाँबाट नै किस्ता रकम शुरू हुने गरी कार किन्न सकिने जनाएको छ ।

चामत्कारिक सवारी कर्जाका विशेषता सार्वजनिक गर्दै बैंकले ११ हजार मासिक किस्ता तिर्ने गरी कार किन्न सकिने सार्वजनिक गरेको हो । ‘बैक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने मूल नाराका साथ आमजनमानसमा केन्द्रित बैैकिङ सेवा प्रदान गर्दै आइरहेको नेपालकै सबैभन्दा ठूलो बैंक एनआईसी एशिया बैंकले चामत्कारिक विशेषता भएका २ नयाँ कर्जा योजन सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको ‘चामत्कारिक सवारी कर्जा र चामत्कारिक घर जग्गा कर्जा’ योजनाबाट ग्राहकले लाभ लिन सक्ने छन् । कर्जा योजना ग्राहक महानुभावको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राख्दै सबैको लागि अझ बढी सहज, सबल, गतिशिल, विश्वसनीय र उत्तरदायी बैंक बन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताए । ‘एनआईसी एसियाको साँच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार’ भन्ने नाराका साथ चामत्कारिक सवारी कर्जा योजना सार्वजनिक गरेको छ । योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारीसाधन साट्न चाहने सम्पूर्ण ग्राहक महानुभावले समेत चामत्कारिक लाभ उढाउन सक्ने छन् ।

चामत्कारिक सवारी कर्जाका ७ वटा आर्कषक विशेषता

 

‘दुवै चामत्कारिक कर्जा योजना बैंकको आफ्नो मुलुकभर रहेको २ सय ४४ वटै शाखा कार्यालयबाट आदरणीय ग्राहक महानुभावलाई आफुले चाहेको गाडी तथा घर जग्गा बिना झन्झट, न्यूनतम ब्याजदर तथा न्युनतम किस्ता रकममा उपलब्ध गराउने छ । यो योजनाबाट आदरणीय ग्राहकमहानुभावहरु अधिकतम लाभान्वित हुने विश्वास हामीले लिएको छांै । साथै ग्राहक महानुभावहरुको क्रय शक्ति अझ मजबुत बनाई गाडी चढ्ने तथा आफ्नो निजी घरमा बस्ने सपना यस योजनाले सजिलै पुरा गर्नेमा हामी विश्वस्त छौ,’ बैंकद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ४४ शाखा कार्यालय, २ सय ३८ एटीएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको जनाइएको छ । बैंकको वासलातको आकार १८८ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करीब १ सय ५९ अर्ब तथा कर्जा १ सय ३२ अर्ब रुपैयाँ पुगी निजी क्षेत्रबाट स्थापित बैंकमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म बैंकमा ग्राहकको संख्या करीब १२ लाखभन्दा बढी रहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah