एजेन्सी । आयरल्याण्डमा एकजना महिला सांसदले सबैका अगाडि एउटा अण्डरवेयर प्रदर्शन गरेपछि अहिले व्यापक चर्चा शुरु भएको छ । आयरल्याण्डभरि अहिले अण्डरवेयरको प्रदर्शन सुरु भएको छ ।
वास्तवमा ती महिला सांसदले बलात्कारसम्बन्धी अदालतमा चलेको कानुनी प्रक्रियाको बिरोध गर्दै अण्डरवेयर प्रदर्शन गरेकी थिइन । पीडितलाई नै दोषी मान्ने आम मानसिकताको बिरोध गर्दै ती सांसदले अदालती बहसमा पीडिताको अण्डरवेयर प्रस्तुत गरिएकोमा आपत्तीस्वरुप सदनमा वक्तव्य दिएकी थिएन ।
आयरल्याण्डमा एकजना १७ वर्षीय महिलाको बलात्कारपछि चलेको सुनुवाईमा पीडितको अण्डरवेयर प्रस्तुत गर्दै उल्टै पीडितलाई नै थप पीडा दिइएको थियो ।
अदालती बहसमा बलात्कारको अभियोग लागेका पीडकको तर्फबाट सुनुवाई गर्दै वकिलले भनेका थिए– हेर्नुस्त्, त्यो केटीले कस्तो अण्डरवेयर लगाएकी थिइन ? यी हेर्नुस्, जालीवाला अण्डरवेयर लगाएकी थिइन ।

यो बलात्कार नभएर सहमतिमा नै भएको सम्बन्ध हो । वकिलले पीडिता आरोपीसँग आकर्षित भएको र उससँग भेटन या कुनै पनि कुराका लागि तयार भएको टिप्पणी गरेका थिए । उसले त्यही कारण यस्तो जालीवाला पेन्टी लगाएको तर्क वकिलको थियो । अदालती बहसबपछि २७ वर्षीय आरोपीलाई रिहाई गरिएको थियो ।
महिला सांसद रुथ कापिंगरले यही कुरालाई लिएर बिरोध गरेकी थिइन । उनले नीलो रंगको लेस भएको अण्डरवेयर संसदमा देखाउँदै भनिन, “हुनसक्छ यहाँ यो पेन्टी देखाउनु तपाईहरुलाई नराम्रो लाग्ला, तर यदि कुनै बलात्कार पीडिता या अन्य महिलाको अण्डरवेयर कोर्टमा प्रदर्शन गरिएको उसलाई कस्तो लाग्छ होला ?”
अहिले यो विषयले आयरल्याण्डभरी प्रदर्शन शुरु भएको छ । हजारौं महिलाहरुले सामाजिक सञ्जाल र सार्वजनिकरुपमा पेन्टी प्रदर्शन गर्दै अदालती कार्यवाहीको बिरोध गरेका छन् । विदेशका महिलाहरुले समेत यसमा साथ दिएका छन् ।



