एजेन्सी। थाइल्याण्डमा एक महिलाले घरका पालेको कुकुर ठूलो दुर्घटनाको शिकार भएको छ। खाना दिन बेलामा दुई महिनाको घरमा पालेको कुकुर फेला नगरेपछि कुकुर हराएको थाहा भएको थियो। कुकुर फेला नगरेपछि उनले घर बाहिर खोजी सुरु गरिन्।
यही क्रममा ती महिलाले घर नजिकै दाउरा थुपारेको ठाउँमा एक भयंकरको अजिंगर देखिन्। अजिंगरको फुलेको पेट देखेपछि महिलाले कुकुर कहाँ गयो भन्ने थाहा पाइन्। उक्त अजिंगरले दुई महिनाको कुकुरलाई जिउँदै निलेको थियो। त्यसपछि महिलाले उद्दारकर्मीलाई बोलाइन्।
यो घटना थाइल्याण्डको चाकोएंगसाओमा मंगलबार विहान घटेको हो। आफ्नो घरबाटै रेस्टुरेन्ट संचालन गर्ने ४८ वर्षीया पारापितक आफूले घरमा पालेको दुई महिनाको कुकुरकालागि विहानै खाना बनाउँथिन्।
पारापितकका अनुसार जब कुकुरलाई खाना खान बोलाइन् कुकुर आएन। उनले आसपासमा खोजी गरिन् तर फेला परेन। कुकुर खोज्ने क्रममा ती महिलाले घर नजिकै राखेको दाउराको थुप्रोमाथि बसिरहेकोे अजिंगरलाई देखिन्। जसको पेट बेलुन जस्तै गरी फुलेको थियो।
उक्त अजिंगरलाई देख्ने वित्तिकै महिलाले सबै कुुरा बुझिन्। उनले आफ्नो दुई महिनाको कुकुर उक्त अजिंगरले नै निलेको थाहा पाइन र तत्काल उद्दारकर्मीलाई बोलाइन्। उद्दारकर्मीले अजिंगरलाई दाउराको थुप्रोबाट तानेर बाहिर निकाले।
उद्दारकर्मीले पाँच मिनेटसम्म सुस्त बसेको अजिंगरलाई उत्तेजित बनाए। त्यसपछि अजिंगरले निलेको कुकुरलाई उकल्यो।
कुकुरलाई अजिंगरको पेटबाट बाहिर निकालेपछि उद्दारकर्मीले अजिंगरलाई जंगलमा लगेर छोडिदिए।



