एजेन्सी। इङल्याण्डकी एक महिलाले सुपरमार्केटबाट कोकका केही क्यान किनेर ल्याइन् । ती महिला त्यतिबेला चकित परिन् जब उनले ल्याएका क्यानहरु खोलिन् किनकि उनले ल्याएका क्यानहरुमध्ये एउटा रित्तै थियो । कोकको त्यो क्यान सिलबन्दी त थियो तर भित्र तीन थोपा मात्र कोल्डड्रिंक थियो । ती हिला क्यान रित्ते देखेर छक्क परिन् तर उनलाई अझै ठूलो झट्का लाग्न त बाँकी नै थियो ।

इ«ल्याण्डको ब्रिस्टलकी दानी एन्ड्रेस नामकी महिलाले केही कोल्डड्रिंकका क्यान किनेर ल्याएकी थिइन् । घर ल्याएपछि उनले तीमध्येको एउटा क्यान खाली भएको पत्तो पाइसकेकी थिइन् किनकि त्यो क्यान अरु क्यानभन्दा निकै हल्का थियो । उनले त्यो क्यान खोलेको भिडियो बनाउने निर्णय गरिन् र भिडियो रेकर्ड गर्दै क्यान खोलिन् । क्यानभित्र २–३ थोपामात्र कोल्डड्रिंक थियो । यो पूरै प्रक्रियाको उनले भिडियो रेकर्ड गरेर अनलाइनमा पोस्ट पनि गरिन् ।

भिडियो शेयर गरेपछि उनले उत्सुकतावश त्यस्तै खाली क्यानको मूल्य कति पर्ला भनेर अनलाइनमा सर्च गरिन् । त्यसपछि भने उनलाई नराम्रोसँग झट्का लाग्यो । त्यस्ता खाली तर सिलबन्दी कोकका क्यानहरु ४ हजार डलरदेखि २० हजार डलरसम्ममा बिक्री भइरहेका थिए । केही मानिसहरु त यस्ता क्यानको लागि लिलाम बढाबढमा बढी मूल्य तिर्न पनि तयार थिए । अब भने ती महिलासँग पछुताउने बाहेक कुनै विकल्प बाँकी थिएन किनकि उनले बोतलको सिल तोडिसकेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah