डडेल्धुरा । बिहीबार साँझ डडेल्धुराको अमरगढी नगरपालिकास्थित रडुवा खोलामा स्कुल बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । डडेल्धुराबाट डोटी जाँदै गरेको से १ प २९३ नम्बरको बस दुर्घटनामा परेको हो ।
जिल्ला पहरी कार्यालयका डिएसपी डम्बरबहादुर केसीका अनुसार भाडामा लिइएको डोटीको क्रिस बोर्डिङ स्कूल बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते भएका छन् ।
घाइतेहरुको उपक्षेत्रीय अस्पताल, डडेल्धुरामा उपचार भैरहेको उनले बताए । मृत्यु हुनेमा धेरै बालबालिका रहेको र मृतकको संख्या बढ्न सक्ने डिएसपी केसीले बताए ।
उग्रतारा मन्दिरमा आज लागेको मेलाबाट घर फर्किँदै गरेका यात्रु दुर्घटनामा परेका हुन् ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिएसपीको नेतृत्वमा जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी घाइतेको उद्धारमा खटिएका छन् । रातो पाटि बाट साभार










