नारायणपुर : दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ। रुकुमबाट बिरामी लिएर कोहलपुर जाँदै गरेको रा १ च ७८१ नं को एम्बुलेन्स दाङको लमही नगरपालिकास्थित अमिलियामा दुर्घटना भएको हो।

दुर्घटनामा परी ७३ वर्षीय भीमु जैसीको मृत्यु भएको प्रहरीले जनाएको छ। जैसी दमका रोगी भएकाले उनलाई शनिबार उपचारका लागि एम्बुलेन्समा रुकुमबाट कोहलपुर लगिदै थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जैसी सवार एम्बुलेन्स राति दुर्घटना हुँदा उनी घाइते भए। उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। सतबरियाको स्वास्थ्यचौकीमा रा १ज १२३ नं को एम्बुलेन्समा बिरामी जैसी, एक बिरामीका आफन्त र चालक सवार थिए।रासस