बेइजिङ । चीनमा भएको यो भयानक दुर्घटनाले धेरैको ध्यान तानेको छ । तीव्रगतिको कार दुर्घटना भएको यो भिडियो फुटेज निकै डरलाग्दो छ । मादक पदार्थ सेवन गरि श्रीमानले तीव्रगतिमा गाडी हुँईकाएपछि यस्तो घटना घटेको हो।
भिडियो फुटेजमा देख्न सकिन्छ, श्रीमती हावामा उडेकी छन् । तर भाग्यवस उनी मृत्युको मुखबाट फर्केकी छन् । घाइते भएकी उनको अस्पतालमा उपचार भैरहेको छ।
चीनको कनकन न्युजका अनुसार यो घटना शुक्रबार गुइझउ प्रान्तको कइली सहरमा भएको हो । भिडियो फुटेज सिसिटिभीमा कैद भएको बताइएको छ।
दुर्घटना हुनुपूर्व मादक पदार्थ सेवन गरेका श्रीमानले श्रीमती सँग झगडा गरीरहेको बताइएको छ । हेर्नुहोस् फुटेज
https://youtu.be/EnosUdFgNwk









