दमक/गरे सम्भव छ भन्ने उदाहरण झापाको लखनपुर स्वास्थ्य चौकीले गरेर देखाएको छ । स्वास्थ्य चौकीले आफ्नै पहल र लखनपुर गाबिसको सहयोगमा स्वास्थ्य चौकीमा नै निशुल्क रुपमा महिलाको पाठेघरको मुखको क्यान्सरको परिक्षण गर्न शुरु गरेको छ । शुक्रबार परीक्षणको बिषयमा प्रचारप्रसार र बिपन्न महिलाहरुमा यसको पहुचका लागि लखनपुर १ सिम्लेमा एकदिने स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य चौकीका इन्चार्ज रामचन्द्र मिश्रले बताए । मिश्रका अनुसार ३० देखि ६० बर्ष उमेर समुहका ४८ जना महिलाहरुको परीक्षण गरिएकोमा ७ जनामा शकाश्पद अवस्था फेला परेकाले बीपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ । उनका अनुसार अब प्रत्येक दिन स्वास्थ्य चौकीमा नै यसको परीक्षण ब्यवस्था मिलाईएको र यसका लागि दूइजना स्वास्थ्यकर्मीले तालिम लिएर आइसकेकाछन् ।
लखनपुर स्वास्थ्य चौकीमा निशुल्क पाठेघरको मुखको क्यान्सर रोगको परीक्षण
सवाल नेपालसंवाददाताशुक्रबार, १९ माघ २०७३

लखनपुर स्वास्थ्य चौकीमा निशुल्क पाठेघरको मुखको क्यान्सर रोगको परीक्षण
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, १४ माघ २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित, कार्यालयमा धर्ना दिँदै गरे नाराबाजी
बिहीबार, ३१ जेठ २०८१



