गायिका यशोदा खालिंग रार्इकाे अावाजमा “अाउछाै तिमी सुटुक्कै” सुगम संगीतमा अाधारीत गीतकाे म्यूजिक भिडियाे सार्वजनिक भएकाे छ । गीतमा गीतकार अारजु बिष्ट सल्यानीकाे शब्द , पबिधन खालिङ रार्इकाे संगीतमा , राजन इशानकाे एरेन्जमेन्ट रहेकाे छ , गीत यशाेदा भाग २ एल्वममा समावेस छ ।
नेपालमा कला क्षेत्रमा प्रतिभाहरुको कमि छैन म्युजिक भिडियाे, मुभी र मोडलिङ इन्डस्ट्रीमा नाम,र सम्मान कमाउने सपना बोकेर कयाैं कलाकारहरु अाफ्नाे सृजनामा संघर्षरत छन । कलाकारहरुको संख्या जसरी बढ्दै छ तेस्तै निर्माण , उत्पादन, बितरण गर्ने कम्पनीहरुको संख्या पनि बढ्दै छ। ट्यालेन्ट छ र निरन्तर कोसिसमा लागिराख्ने हो भने बिश्वमा छरिएर रहेका नेपालीहरुको बिचमा आफ्नो कलाले मन जितेर एकदिन सोचेको खोजेको सफलता हासिल गर्न सकिन्छ । यस्तै अाफ्नाे कला मार्फत दर्शक माझ अाफ्नाे परिचय बनाउन तल्लिन कलाकार हुन ममता रार्इ र रमेश सुनुवार जसले यस भिडियाेमा अभिनय गरेका छन् ।उनिहरूलाइ साथ दिएका छन कमला रार्इ र मेलिसा रार्इले ।
जीवन राइकाे निर्माणमा बनेकाे भिडियाेलाइ क्यामरामा कैद गरेका छन छाँयाकार द्वय शम्भु माेक्तान र अाेम कर्माचार्यले,सजबिना लामाकाे श्रृंगार,नबिन निराैलाकाे रंग संयाेजन तथा सम्पदन रहेकाे भिडियाेमा रमेश सुनुवारकाे काेरियाेग्राफी तथा निर्देशन रहेकाे छ। हेर्नुहाेस भिडियाे :



