एजेन्सी,१२ मंसिर । आमाको मृत्यु भएपछि इङल्याण्डको एक परिवारका छोराछोरीले डरलाग्दो कुरा पत्ता लगाएका छन् । आमाको मृत्यु भएपछि घर सफ गर्दै गर्दा आमाले राखेको एउटा बाकस खोलेर हेर्दा बाकसमा सानो बच्चाको लास भेटेका हुन् । उक्त लासलाई ती महिलाले लेप लगाएर निकै सुरक्षाको साथ राखेकी थिइन् ।

ती महिलाका छोराछोरीले पछि थाहा पाएकी त्यो लास उनको दाजुको थियो । ती महिलाले आफ्नो छोराछोरीलाई त के आफ्नो श्रीमानलाई समेत यो कुरा नबताएको खुलेको छ । ती महिलाले यो घटनाबारे परिवारका सबै सदस्यसँग लुकाएर राखेकी थिइन् । आमाको मृत्यु पछि घर सफ गर्दै जाँदा आमाले भर्याङ मुनी राखेको डेढ फिटको बाकसमा नवजात शिशुको शब भेटेका थिए । उक्त शवलाइ कपडामा बेरेर सुरक्षित साथ राखिएको थियो । उक्त बाकसमा लाशसँगै केही चिठीका खामहरु पनि राखिएको थियो ।

यस्तो डरलाग्दो कुरा घरमा भेटेपछि निकै डराएका दिदीबहिनीले प्रहरीलाई खबर गरे । प्रहरीले उक्त घरका सम्पूर्ण परिवारसँग सोधपुछ गर्दा केही पत्ता नलागेपछि उक्त नवजात शिशुको शवको डिएनए परिक्षण् गरियो । तब मात्र थाहा भयो की त्यो नवजात शिशुको शव अरु कोही नभएर ती नै महिलाको छोरा थिए । ती कपडाहरु बाट थाहा भयो की कपडाहरु ६० वर्ष पुराना थिए । उक्त बाकसमा राखिएको चिठीहरु अगष्ट १९६८ को मितीमा लेखिएको थियो ।

प्रहरीले गरेको सोधपुछको क्रममा उनका पतिलाई समेत ती बच्चाको बारेमा थाहा नभएको बताए । ती महिलाको चौथो सन्तानको बारेमा कसैलाई थाहा थिएन् । मृत शिशु ती महिलाले पछिल्लो बिवाह भन्दा अगाडी नै जन्माएको पत्ता लागेको छ । यो कुरा ती महिलाले जीन्दगीभर आफ्नो बारे कसैलाई बताएकी थिइनन् । शिशु ९ महिना पुरा भएर जन्मेको भएपनि शिशुको मृत्यु कसरी भयो भन्ने विषयमा जाँच गर्ने अधिकार कर्मी नै अनविज्ञ रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah