काठमाडौं–आइतबार सुनको ५७ हजार २ सय रुपैयाँ कायम भएको छ ।
छापावाल सुन विगत दुई दिनदेखि यहि मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज तेजावी सुन प्रतितोला ५६ हजार ९ सयमा कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला ७ सयरुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबारमा पनि यहि मूल्य कायम थियो ।



