काठमाडौँ । लामो समयको अनुसन्धानपछि वैज्ञानिकहरुले अर्को चमत्कार गरेका छन् । अब केही समयपछि नै सुगुरको मुटु मानिसहरुमा प्रत्यारोपण गर्न सकिने अनुसन्धानले बताएको छ । सुन्दा अनौठो लाग्ने यो कुरा वास्तविक हो । एक प्रजातिको अंग अर्को प्रजातिमा प्रत्यारोपण गर्न सकिने उक्त अध्यनमा देखिएको छ । जर्मनका अनुसन्धान कर्ताहरुले मानिसको नजिकको प्रजाति बबुन लाई सुगुरको मुटु प्रत्यारोपण गरेर १ सय ९५ दिन सम्म बचाएर विश्वलाई नै चकित बनाएका थिए । एउटा स्वास्थ प्रजातिको जनावरको मुटु अर्को प्रजातिमा प्रत्यारोपण गरिनुलाई जेनोट्रान्सप्लान्टेसन भनिन्छ ।
लामो समयदेखि मुटु रोग लागेका मानिसको लागि यो उपायलाई एक प्रकारको जीवनदानको रुपमा नै हेरिएको छ ।मानिसको औसत आयु बढी रहेको कारण मुटु प्रत्यारोपणमा समस्या पर्न थालेको चिकित्सकहरुले बताएका छन् । औसत आयु बढी भएसँगै मुटु प्रत्यारोपण गर्नको लागि मानिसहरुले लामो समयसम्म कुर्नु पर्ने भएको कारण विकल्पको खोजी गर्न थालिएको हो ।मुटु रोगलाई जटिल तथा प्राणघातक रोगको रुपमा लिने गरिन्छ । यदि मुटु प्रत्यारोपण गर्न सकिएन् भने विरामीमा अन्य विभिन्न किसिमका रोगहरु देखा पर्ने गर्छ । करण विरामीले अकालमै ज्यान गुमाउनु पर्ने हुन्छ । सन् २०३० मा अमेरिकामा अत्याधिक मानिसहरुको मुटु प्रत्यारोपण गरेर मात्र बाच्थे । जसको लागि कतिले त मुटु प्रत्यारोपाण गर्ने समय कुर्दा कुर्दौ ज्यान पनि गुमाउने गर्दथे । मानिसको मुटुको बदलामा गरिएको सुगुरको मुटु प्रत्यारोपण अभावको लागि सम्भावित समस्या समाधानको लागि गरिएको हो ।
तर यसको लागि मानिसहरु एकदमै नजिक पुगिसकेका छन् । दुई जीव बिच गरिएको अंग प्रत्यारोपणको अवस्थालाई अंगा दानको रुपमा पनि लिने गरिएको छ । परिक्षणको लागि गरिएको अनुसन्धानमा सुगुरको मुटु प्रत्यारोपण गरेको बबुन ५७ दिन सम्म बाच्न सफल भएको थियो ।



