एजेन्सी, बलिउडकी कनट्रोभर्सी क्विन हुन् राखी सावन्त । आइटम गर्लको नामले परिचित उनले बेला बेलामा विभिन्न नौटंकी गर्दै मिडियामा छाईरहने गर्दछिन् । पछिल्लो समय मि टु मुभमेन्टमा नाना पाटेकरलाई साथ् दिंदै तनु श्रीलाई गालीको बर्षा दिएपछि उनि थप चर्चामा आएकी थिइन् । तनुले १० करोडको मुद्दा लगाईदिए पछि उनको होस् उडेको छ ।

उल्टै ५० करोडको मुद्दा हाल्दिने चेतावनी दिंदै राखी फेरी मिडियामा आएकी छन् । अहिले उनि झन् फरक अवतारमा देखिएकी छन् । सारीमा सावित्री रुप देखाउंदै उनले पत्रकारलाई आफ्ना कुराहरु राखेकी हुन् । यति मात्र नभई उनले अब महिलाहरु बाहिर निस्किदा ताल्चा लगेर निस्किनु पर्ने भन्दै एक भिडियो समेत देखाएकी छन् । कम्मरमा फलामको सिख्री बेर्दै उनले ताल्चा लगाएको फन्नी भिडियो अन्तर्वार्तामै देखाएकी हुन् । उनको यस्तो प्रस्तुती देखेर पत्रकारले मात्र हैन राखी स्वयम्ले हाँसो रोक्न सकिनन् । हेर्नुहोस भिडियो :

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड