काठमाडौँ : फिल्म क्लासिकमा निभाएको भूमिकाका लागि नायिका नम्रता श्रेष्ठले यस वर्ष मात्र पाँच वटा अवार्ड हात पारेकी छिन्।

चलचित्र क्लासिकमा दृष्टिविहीन चरित्रका लागि निभएको भूमिकाका लागि उनले अवार्ड हात पारेकी हुन्। चलचित्रमा उनको नाम भने दृष्टि छ।

आफ्नो अभिनयबाट पाँच अवार्ड थापेर नम्रताले आफूलाई अब्बल सावित गरेकी छिन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अवार्ड कार्यक्रमहरुको आलोचना हुने भए पनि पाँच अवार्ड जितेकी श्रेष्ठको अभिनय विरुद्ध कसैले मुख फोर्न सकेका छैनन्। आफ्नो अभिनयबाट श्रेष्ठले सबैको बोली बन्द गराएकी छिन्।

चलचित्र विकास बोर्डको १६ औं वार्षिक उत्सवको सम्मान कार्यक्रममा श्रेष्ठले अर्का क्षमतावान कलाकार दयाहाङ राईसँगै कबड्डी कबड्डीबाट उत्कृष्ट कलाकारमा दर्ज भइन्। अनि राष्ट्रपतीको हातबाट सम्मान ग्रहण गरिन्।

त्यस्तै नेपाल चलचित्र कलाकार संघद्वारा आयोजित ‘फान अवार्ड २०७२’ मा पनि नम्रतालेनै उत्कृष्ट अभिनेत्रीको उपाधी हात पारिन्। अहिलेसम्म आयोजना भएका अवार्ड समारोहमा नायक तर्फ दयाहाङ राई र आर्यन सिग्देलले पालैपालो अवार्ड उचाले पनि नम्रता श्रेष्ठले उत्कृष्ट नायिकाको अवार्ड अरुको हात पर्न दिएकी छैनन्।

फिल्म क्लासिकबाट उनले पोखरामा आयोजित आठौं डिजिटल सिने अवार्डमा समारोहमा उत्कष्ट अभिनेत्री जितिन्। यहाँनेर भने उनीमाथि प्रश्न नउठेको होइन। नायिका पूजा शर्माले ‘निर्णयमा धाधली भएको’ आरोप लगाइन्। तर यसबारे अरु बोलेनन्।

त्यसो त नम्रता श्रेष्ठले पहिलो एलजी फिल्म अवार्ड र चौथो एनएफडिसी फिल्म अवार्ड पनि आफ्नै पोल्टामा पारिन्। जसबाट उनले आफ्नो अभिनय नै अवार्डको कारण रहेको थप प्रष्ट्याइन्।

तर नम्रता आफ्नो अभिनयले मात्र अवार्ड हात पारेको भन्न हिच्किचाउँछिन्। भन्छिन्  -'अवार्डका तर सबै भन्दा बढी श्रेय जान्छ फिल्म क्लासिकको टिमलाई।'

क्लासिकको निर्देशन भने दिनेश राउतले गरेका हुन्। यसअघि चलचित्र नोभेम्बर रेनबाट समेत राउतले नम्रतालाई अवार्ड दिलाएका थिए। २०१५ मा पनि उनले फिल्म 'नोभेम्बर रेन'बाट नाफ्टा अवार्डमा उत्कृष्ट र चर्चित नायिकाको उपाधि जितिन्।

यस अघि २०१४ मा हङकङमा आयोजित ईन्फा अवार्डमा उनले चलचित्र मौनबाट उत्कृष्ट नायिकाको उपाधी जितेकी थिईन्। सुरज भूसाल निर्देशित फिल्ममा फरक कथा र शैली अपनाइएको थियो। जसमा फिल्म अवधी भर नम्रता श्रेष्ठ बोल्दिनन्। फिल्ममा उनेल अभिनय र हाउभाउ मार्फत प्रस्तुती दिएकी छिन्।

चलचित्र अवार्डहरमा हुने विवादका बीच नम्रताले आफूलाई पटक पटक अल्टर सावित गर्दै आएकी छिन्।